एभरेष्ट बैंकको उत्सवमय अफर «

एभरेष्ट बैंकको उत्सवमय अफर

एभरेष्ट बैंकले दसैं तिहारलाई लक्षित गरी ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो ‘घर कर्जा’, स्वरोजगार तथा उद्यमीका लागि ‘साना तथा मझौला उद्योग कर्जा’ आफ्नै सावारी साधनको लागि ‘गाडी तथा मोटरसाइकल कर्जा’, तथा व्यक्तिगत प्रयोजनका लागि ‘व्यक्तिगत कर्जा’, योजना ल्याएको छ ।
यही भदौ २७ गतेदेखि लागू भएको यस कर्जा योजनामा घर कर्जा ७.४८ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ७.२४ प्रतिशत, गाडी कर्जा ६.८८ प्रतिशत, मोटरसाइकल कर्जा ७.९९ प्रतिशत, तथा व्यक्तिगत कर्जा ७.९९ प्रतिशत, ब्याजदरमा उपलब्ध हुने बताइएको छ ।
यस कर्जा योजनाबाट उत्सवलाई झनै उत्सवमय बनाउनका लागि ग्राहकहरुलाई अतुलनिय योजनाहरु प्रस्तुत गरी चाडपर्वलाई कर्जा लिने सहि समय बनाएको बैंकले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्