मेरिटवेसमा १६८० अन्र्तवार्ताको लागि छनोट गरिने
इजरायल भाषा परीक्षामा ६९२ अनुपस्थित

रोजगारीका लागि इजरायल जान आवेदन दिएर प्रमाणित भएका ७ हजार ९ युवामध्ये ६ हजार ३१७ जनाले मात्र सोमबार भएको अंग्रेजी भाषाको लिखित परीक्षामा सहभागी भएका छन ।
वैदेशिक रोजगार विभागले परीक्षामा समावेश भएका मध्ये १ हजार ६८० लाई मेरिट वेसका आधारमा अन्र्तवार्ताको लागि छनोट गर्ने जनाएको छ ।
सोमबार भएको परीक्षाको प्रश्नपत्र परीक्षणका लागि विभागले चिकित्सा शिक्षा आयोगलाई जिम्मा दिएको छ । वैदेशिक रोजगार विभागका निर्देशक कमलप्रसाद ज्ञवालीले परीक्षालाई गोप्य तथा सुरक्षित बनाउन ३ तहको सुरक्षासहित सम्पन्न गरिएको बताए । उनले आयोगले प्रश्नपत्र परीक्षण गरी ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष हुने गरी १ हजार ६८० प्रशिक्षार्थीको नामावली विभागलाई पठाउने र नतिजा प्रकाशित गरिने बताए । महिला र पुरुषलाई फरक फरक मेरिट वेसका आधारमा प्रश्नपत्र परीक्षण गरिने छ । यस आधारमा पुरुषको तुलनामा महिलाले कम मेरिट पाएपनि अन्र्तवार्ताको लागि छनोट हुने देखिएको छ ।
सोमबार ११ स्थानका १६ परीक्षा केन्द्रबाट भाषा परीक्षा सम्पन्न भएको थियो । भाषा परीक्षामा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ महिला रहने गरी विभागले तयारी गरेको भएपनि ७ सयको हाराहारीमा परीक्षामा सहभागी नै भएनन् ।
वैदेशिक रोजगार विभागले केही दिनभित्र कम्प्युटरको माध्यमबाट परीक्षण गरी नतिजा सार्वजानिक गर्ने भएको छ । प्रश्नपत्र कम्प्युटर प्रणालीद्वारा गरिने भएकाले नतिजा चाडो आउने निर्देशक ज्ञवालीले बताए । भाषा परीक्षाको नतिजा सार्वजानिक भएको १० दिनभित्र अन्र्तवार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने भएको छ । विभागका निर्देशक ज्ञवालीले परीक्षा, अन्र्तवार्ता लगायतका सबै प्रक्रिया एक महिनाभित्र सक्ने गरी काम भइरहेको बताए ।
एक हजार ६८० लाई शारिरीक अभ्यास परीक्षण र अन्र्तवार्तापछि अन्तिम ३०० पुरुष र ७०० महिलालाई इजरायल पठाउने गरी नेपालस्थित इजरायली दूतावासले चिठ्ठाबाट अन्तिम नामावली छनोट गर्नेे छ ।
नेपाल चिकित्सा आयोगले स्वास्थ्य र अंग्रेजी व्याकरणलाई आधार बनाएर प्रश्नपत्र बनाउने र त्यसको परीक्षण गर्ने जिम्मा पाएको छ । लोकसेवा आयोगले अबलम्बन गरेको ओएमआर पद्धतीबाट लिखित परीक्षा जाँच गरिनेछ । इजरायलसँगको सम्झौता अनुसार यो सबै प्रक्रिया नियमित भए १ महिनाभित्र इजरायल श्रमिक जाने बाटो खुल्ने छ ।
इजरायल दूतावासले अन्तिम चरणका लागि छनोट गरेका युवालाई इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पिवा) सँग समन्वय गरेर नेपाली युवा इजरायल पठाइनेछ । छनोट भएका श्रमिकलाई चरणवद्ध रुपमा पठाउने सम्बन्धमा नेपालस्थित इजरायली दूतावासले दिएको सुझावका आधारमा हुने छ । श्रमिक छनोट गर्दा युवाको योग्यता अनुभव र अन्य शारिरी क्षमतालाई सुक्ष्म रुपमा मूल्यांकन गरिने छ ।