कोसी रिफ्रेसमेन्ट सेन्टर अलपत्र «

कोसी रिफ्रेसमेन्ट सेन्टर अलपत्र


प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोसी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको हो । उक्त आयोजनाका लागि प्रदेश सरकारले बजेटको व्यवस्था नगरेपछि अलपत्र बन्न पुगेको कोशी रिफ्रेसमेन्ट सेन्टर, सुनसरीका आयोजना प्रमुख मिलन आचार्यले बताए ।
आयोजना प्रमुख आचार्यले जग्गा अधिग्रहणसमेत सकेर संरचना निर्माणको चरणलाई पहिलो फेजमा अघि बढाइएको भए पनि बजेट अभावले रिफ्रेसमेन्ट सेन्टरको भविष्य अन्योलमा परेको जानकारी दिए । उनका अनुसार पहिलो चरणअन्तर्गत अहिलेसम्म मात्रै साढे ६ प्रतिशत काम भएको छ भने त्यसमा पनि पटक–पटक गरिँदै आएको सर्भेले स्थानीयमा समेत अन्योलता बढाएको छ ।
उनले हतारमा प्रक्रिया थालिँदा कतिपय योजना डीपीआर नै भएका छैनन् जसले गर्दा समेत रिफ्रेसमेन्ट सेन्टर निर्माणको प्रक्रिया अघि बढ्नेमा दुविधा उत्पन्न गराएको बताए ।
आयोजना प्रमुख आचार्यले भने, “तत्कालीन मुख्यमन्त्री शेरधन राईसहित मन्त्रिमण्डलको सिंगो टोलीको उपस्थितिमा शिलान्यास गरिएको उक्त आयोजना यतिबेला भने अलपत्र बन्न पुगेको छ, जग्गा अधिग्रहणसमेत सकेर संरचना निर्माणको चरणलाई पहिलो फेजमा अघि बढाइएको भए पनि बजेट अभावले रिफ्रेसमेन्ट सेन्टरको भविष्य अन्योलमा परेको छ, पहिलो चरणअन्र्तगत अहिलेसम्म मात्रै साढे ६ प्रतिशत काम भएको छ भने त्यसमा पनि पटक–पटक गरिँदै आइएको सर्भेले स्थानीयमा समेत अन्योलता बढाएको छ, हतारमा प्रक्रिया थालिँदा कतिपय योजना डीपीआर नै भएका छैनन् जसले गर्दा समेत रिफ्रेसमेन्ट सेन्टर निर्माणको प्रक्रिया अघि बढ्नेमा दुविधा उत्पन्न गराएको छ ।”
त्यस्तै कोसी गाउँपालिका, सुनसरीका अध्यक्ष एयुब अन्सारीले बजेट अभावलाई मुख्य कारण बताउने आयोजना कार्यालय इनरुवाले स्थानीयको साथ हुँदाहँदै पनि सोचे अनुरुपको काम भने अघि बढाउन नसकिएको बताए । उनले प्रदेश सरकारले चासो नदिएका कारण कोसी गाउँपालिकाको कार्यालय आयोजना बेवारिसे अवस्थामा पुग्न लागेको बताए ।
रिफ्रेसमेन्ट सेन्टर परियोजनाअन्तर्गत कोसी कटानमा सुविधा सम्पन्न होटल, ७ तले कम्प्लेक्स, हेल्थपोस्ट भवन, पेट्रोल पम्प, बसपार्क, भ्यू टावर, स्विमिङ पुल र लिफ्टसहितको आकाशे पुललगायतका संरचना निर्माण गरिनेछ । दुई चरणमा निर्माण कार्य थाल्ने गरी सुरु भएको परियोजनाअन्तर्गत पहिलो चरणमा अहिलेसम्म जग्गा अधिग्रहण र माटो पुर्नेबाहेकका अन्य कुनै पनि काम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्