Logo

पार्टीको नेता राष्ट्रप्रमुख हुँदा निष्पक्ष भएनः राणा

Rastriya Prajatantra Party Chairman Pashupati Shamsher Jung Bahadur Rana speaking at a programme in kathmandu, on Wednesday, September 28, 2016. Photo: RSS

दोलखा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले पार्टीको नेतालाई राष्ट्रपति बनाउँदा निष्पक्ष नभएको आरोप लगाएका छन् । राप्रपा दोलखाको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा चरिकोटमा आयोजित सभामा बोल्दै अध्यक्ष राणाले वर्तमान राष्ट्रपतिको भूमिकाले पनि त्यसलाई प्रष्ट्याएकाले अब राष्ट्रम्रमुख दलको नेता नभई राजा नै चाहिने बताए ।
कम्युनिष्ट गठबन्धनले २ तिहाइ सहित सत्ता प्राप्त गर्दा पनि आपसी झगडाका कारण सत्ता थेग्न नसकेको र नेकपा पनि फुटेको उनले बताए । वर्तमान गठबन्धन सरकारले पनि मुलुकलाई निकास दिन नसक्ने बताउँदै अध्यक्ष राणाले पुरानो राप्रपाले मात्र अब देशलाई निकास दिने र प्रजातन्त्रको रक्षा गर्न सक्ने ठोकुवा गरे ।
हिन्दू राष्ट्रको स्थापना नै राप्रपाको मुख्य एजेण्डा भएको अध्यक्ष राणाले बताए । राप्रपा पटक पटक जुट र फुट हुँदै आए पनि अब कुनै पनि दिन राप्रपा नफुट्ने उनले बताए । अहिले महाधिवेशन तयारीका लागि ३ जना अध्यक्षहरु देश दौडाहामा लागे तापनि आन्तरिक प्रजातान्त्रिक प्रतिस्पर्धा गर्ने तर अब पार्टी नफुटाउने उनको भनाइ थियो ।
दोलखाको जिल्ला अधिवेशनका लागि राप्रपाका केन्द्रीय सदस्यहरु बुद्धिमान तमाङ, राजेन्द्र लिंदेन र सोभित उप्रेती लगायतका नेताहरु दोलखा आएका छन् । अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्