डीएफएसके दसैं अफरः थोरै डाउन पेमेन्ट, नगद छुट «

डीएफएसके दसैं अफरः थोरै डाउन पेमेन्ट, नगद छुट

डीएफएसकेको लागि नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले दसैं तिहारलगायतका चाडपर्वलाई मध्यनजर गर्दै ग्राहकमैत्री स्किम सार्वजनिक गरेको छ । कुजु नेपाल सधै आफ्ना ग्राहकलाई उत्कृष्ट प्रडक्ट र आकर्षक अफर दिन लागि परेको छ ।
यही सिलसिलामा नजिकिँदै गरेको दसैं, तिहार, नेपालसम्वत् र छठपर्वको अवसर पारेर कम्पनीले आफ्नो ग्लोरी आई अटो एसयूभीमा विशेष स्किम सार्वजनिक गरेको हो ।
उत्कृष्ट एआई टेक्नोलोजी प्रयोग भएको डीएफएसके ग्लोरी आई अटो किन्न चाहने ग्राहकले मात्र १५ लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी चड्न सक्नु हुनेछ । साथै, कम्पनीले ३ लाख ५० हजारसम्म नगद छुट, ५० हजार एक्स्चेन्ज बोनस, एक आर्थिक वर्षको वार्षिक कर छुट समेत दिनेछ ।
माथिको नगद छुट लिन नचाहने ग्राहकले इलेक्ट्रिक स्कुटर लिन चाहेमा याडिया ब्राण्डको प्रिमियम इलेक्ट्रिक स्कुटर सि १ एस वा जि ५ वा इलेक्ट्रिक माउन्टेन बाइकमध्ये एउटा छनोट गर्न सक्नेछन् । उक्त स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ ।
डीएफएसके ग्लोरी ५६० किन्न चाहने ग्राहकले भने १० लाख रुपैयाँ मात्र डाउन पेमेन्ट गर्दा पनि गाडी लिन सक्ने छन् । कम्पनीले ग्लोरी ५६० मा २ लाख ५० हजार नगद छुट दिनेछ । नगद छुटको सट्टा याडियाको स्कुटर वा माउन्टेन बाइक लिन सक्नेछन्। यो स्कुटर र माउन्टेन बाइकको मूल्य २ लाख ५० हजार बराबर हुनेछ ।
ग्लोरी ५६० मा कम्पनीले ५० हजार एक्स्चेन्ज बोनस, एक वर्षको वार्षिक कर जस्ता छुट प्रदान गर्नेछ । इन्डोनेसियामा उत्पादन भएका ग्लोरी सिरिजका एसयूभी नेपाली ग्राहकले निकै मनपराउँदै आएको मोडल हो ।

प्रतिक्रिया दिनुहोस्