पानासोनिकको ‘स्मार्ट टुकी’ «

पानासोनिकको ‘स्मार्ट टुकी’

अँध्यारो भगाउन घरपरिवारमा प्रयोग गरिने टुकीलाई पानासोनिकले स्मार्ट बनाएर ल्याउन लागेको छ । यो स्मार्ट टुकीले घर परिवारको सुरक्षाको काम पनि गर्नेछ । यसमा सेक्युरिटी क्यामरा जडान गरिएको छ ।
पर्खालमा जडान गरिने क्यामरा जडान गर्ने झन्झटबाट यो स्मार्ट टुकीले घरधनीको सम्पत्तिको सुरक्षा गर्नेछ । तर यसले व्यक्तिको निजी विषयको जासुसी हुन सक्ने आंशका बढाएको छ । घर बहालमा बस्ने अज्ञात व्यक्तिले यसको रेकर्ड गरी जासुसी गर्न सक्ने जनाइएको छ । अब घरधनीले घर बहालमा बस्नेसँग यस्ता स्मार्ट डिभाइस छ–छैन त्यसको स्पस्टीकरण खोज्न सक्ने देखिएको छ ।
कोठामा रहेका वस्तुको निगरानी यो ल्याम्पमा जडान गरिएको क्यामराले गर्न सक्ने गरी पानासोनिकले यसको डिजाइन गरेको हो । यो डिभाइस २ देखि ६ फुट उचाईको हुन सक्ने जनाइएको छ । यो आफै अडिन सक्ने गरी बनाइएको छ । यसको क्यामरा १४० डिग्रीको वाइड एन्गल लेन्स जडान गरिएको हो । जुनसुकै घरमा राखेपनि यसले घरका अधिकांश भागमा निगरानी राख्न सक्नेछ ।
रातिमा नाइट भिजन प्रविधिको प्रयोग एचडी प्रविधिमा यो क्यामराले रेकर्ड गर्न सक्छ । यसमा जडान गरिएको माइक्रोफोन र स्पिकरको अर्थ घरधनीले यसको सञ्चालन बोलेर गर्न सक्ने हो । यसमा एलेक्सा, सीरी र गुगल असिस्टयान्टको प्रयोग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्