मुक्तिनाथ विकास बैंकद्वारा आर्थिक सहयोग «

मुक्तिनाथ विकास बैंकद्वारा आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्र्तरगत विभिन्न संघ संस्था र व्यक्तिलाई सहयोग गर्दै आएको छ । यही महिनामा मात्र बैंकले ५ विभिन्न सामाजिकउत्तरदायित्वमुलक कार्यहरुमा सहयोग गरेको छ ।
बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ का लागि ५० हजार रुपैयाँ मिडिया इन्टरनेसनललाई सहयोग गरेको छ । यसै गरी कास्कीको मालपोत कार्यालयमा सेवा लिने सेवाग्राही बस्ने प्रतिक्षालयमा कुर्सीको व्यवस्था गरेको छ ।
यसका साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पुराउनका लागि रेस्ट फाउन्डेसन अन्तरगत हेरचाह गरिएका बालबालिका लागि चाहिने किताबको दराजको निर्माणका लागि ४० हजार रुपैयाँसहयोग गरेको छ ।
आर्थिक स्थिति कमजोर भएका पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकाश बरालको मृगौला प्रत्यारोपणका लागि ५० हजार रुपैयाँसहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्