ओप्पोको आफ्नै भ्वाइस एसिस्टेन्ट ‘ब्रिनो’ «

ओप्पोको आफ्नै भ्वाइस एसिस्टेन्ट ‘ब्रिनो’

चिनियाँ स्मार्टफोन उत्पादक भिभोले आफ्नै आर्टिफिसियल इन्टिलिजेन्ट (एआई) ‘ब्रिनो’ सार्वजनिक गरेको छ । यो भर्चुअल भ्वाइस एसिस्टेन्टलाई फाइभजी कनेक्टिभिटीमा काम गर्ने गरी विकास गरिएको कम्पनीले जनाएको छ ।
एक महिनाअघि यसको अवधारणा सार्वजनिक गरे पनि आधिकारिक रुपमा उपभोक्ताले प्रयोग गर्ने गरि हालैमात्र सार्वजनिक गरिएको हो । गुगलको गुगल एसिस्टेन्ट, एप्पलको सिरी, माइक्रोसफ्टको कोर्टना, अमेजनको इको र एजेन्सा जस्तै मान्छेको भ्वाइस कमान्ड अनुसार चल्ने भिभोको ब्रिनो भने तत्काललाई चीनमा मात्र काम गर्नेछ । हुवावे, सामसङ, भिभो, साओमीलगाएतका स्मार्टफोन निर्माता कम्पनीहरुले पनि आफ्नै भ्वाइस एसिस्टेन्टको प्रयोगलाई प्राथमिकता दिन थालेका छन् ।
ब्रिनोले ओप्पोको हार्डवेयर, सफ्टवेयर र सर्भिस प्ल्याटफर्मबीच समन्वय गरी प्रणालीगत अन्तरक्रिया गर्न मिल्ने प्राविधिक फ्रेमवर्कको निर्माण गर्ने कम्पनीले जनाएको छ । “सेन्सिङ प्रविधिको प्राकृतिक मल्टिमोडल अन्तरक्रियासँगको समन्वयले ब्रिनोलाई प्रयोगकर्ताका आवश्यकता सहजै बुझ्न सक्ने बनाउन प्रयास गरिएको छ,” ओपो नेपालले यस सम्बन्धि जानकारी दिन जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । प्राकृतिक भाषा बुझ्न सक्ने क्षमता, नलेज ग्राफ, कन्टेक्स्ट कम्प्युटिङ र व्यक्तिगत सिफारिसजस्ता क्षमता सहितको संज्ञानात्मक प्रविधिले ब्रिनोलाई अझ सुक्ष्म रुपमा विश्व बुझ्ने क्षमता प्रदान गर्ने जनाइएको छ ।
“भविष्यका लागि रणनीतिक उत्पादनका रुपमा ब्रिनोले स्मार्टफोन तथा अन्य इन्टरकनेक्टेड वस्तुबीच रहेका बाधाहरु हटाउँदै प्रयोगकर्तालाई अन्तरक्रियात्मक, थप सहज तथा चनाखो अनुभव प्रदान गर्नेछ,” ओप्पोका ग्लोबल भाइस प्रेसिडेण्ट तथा सफ्टवेयर इञ्जिनियरिङ बिजनेस विभागका अध्यक्ष एण्डी वुलेको भनाइ उद्धृत गर्दै विज्ञप्तीमा भनिएको छ, “खुल्लापन, सेयरिङ तथा सहनिर्माणका अवधारणा पालना गर्दै ब्रिनोले वाक्कला र स्मार्ट सेवाको खुल्ला प्ल्याटफर्मका रुपमा डेभलपर्स तथा पार्टनर्सलाई थप उपकरणसम्म पहुँच बढाएर नयाँ सेवाहरु समाहित गर्दै आफैंलाई ईन्टरकनेक्टेड उपकरणका लागि ईन्टेलिजेन्ट नियन्त्रण केन्द्रका रुपमा विकास गर्न सक्नेछ ।” कम्पनीले बेईजिङमा आयोजित ओप्पो डेभलपर्स कन्फरेन्स २०१८, सम्मेलन मार्फत् ग्राभिटी प्लानको पनि घोषणा पनि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्