खेल पत्रकारहरू सम्मानित «

खेल पत्रकारहरू सम्मानित

नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा खेल पत्रकारहरूलाई सम्मान गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले खेल पत्रकार मुकुन्द दाहाललाई अग्रज पत्रकार सम्मान तथा सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार गोविन्दराज नेपाललाई सम्मानित गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले २६औं स्थापना दिवसको अवसरमा आइतबार दाहाल र नेपाललाई सम्मान गरेको हो । मञ्चले हरेक वर्ष स्थापना दिवसमा यो कार्यक्रम गर्दै आएको छ । सम्मानित हुने पत्रकारलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलगायतले सम्मान गरे ।
सम्मानित भएका दाहाललाई २५ हजार नगदसहित सम्मान गरियो भने युवा पत्रकार नेपाललाई एक थान ल्यापटप प्रदान गरिएकोछ । युवा पत्रकारिता पुरस्कार एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस) बाट उपलब्ध गराएको हो । नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २७ गतेलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्चको विधिवत रूपमा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्