इमर्जेन्सीबाहेक स्वास्थ्य सेवा आज ठप्प «

इमर्जेन्सीबाहेक स्वास्थ्य सेवा आज ठप्प

नेपाल चिकित्सक संघले शुक्रबार (आज) १ दिनका लागि देशभर आकस्मिक (इमर्जेन्सी)बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको छ । बिहिबार विज्ञप्ति जारी गर्दै संघले सांकेतिक आन्दोलन स्वरूप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जानकारी गराएको हो ।
संघले वार्ता र संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गर्न सरकारलाई अपिल गर्दै आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्द गर्ने आन्दोलनका कार्यक्रमबाट आम सर्वसाधारणहरूमा पर्न सक्ने असुविधाप्रति दुःख पनि व्यक्त गरेको छ ।
अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले चासो नदेखाएको भन्दै संघले त्यसको पनि घोर भत्र्सना गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्