लिटमस केबलको ब्राण्ड एम्बेसडरमा राजेश हमाल दम्पति «

लिटमस केबलको ब्राण्ड एम्बेसडरमा राजेश हमाल दम्पति

लुम्बिनी विद्युत् उद्योगले आफ्नो उत्पादनहरूको प्रवद्र्धन एवम् विस्तारका लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडको रूपमा नियुक्त गरेको छ । २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवद्र्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा महानायक एवम् मधुको उपस्थिति हुने छ ।
लुम्बिनी विद्युत् उद्योग नेपालको पहिलो आल्मुनियम स्टिल रिइनफोर्स्ड कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरू बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।
विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनबाट आफ्ना उत्पादन गर्दै आएको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवम् ठूलो कम्पनी बन्न सफल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्