मेगा म्युचुअल फण्ड–१ का इकाई बाँडफाँट «

मेगा म्युचुअल फण्ड–१ का इकाई बाँडफाँट

मेगा बैक नेपालले प्रवद्र्घन गरेको मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ को प्रति इकाइमूल्य दस रुपैयाँ दरको दस करोड इकाई मध्ये न्यूनतम एक करोड ५० लाख)वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंकका लागि सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड ५० लाख इकाईको सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको छ ।
सो योजनामा एक ६३ हजार ६४६ आवेदकबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको छ । जुन बिक्रीका लागि माग गरिएको आवेदन रकमभन्दा २.३७ गुणा बढी आवेदन परेको हो । मागभन्दा अधिक इकाइका लागि आवेदन परेकाले धितोपत्र बोर्डले जारी निर्देशिकाबमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रतिइकाई १० रुपैयाँ दरको १२्र करोड ५० लाख इकाईहरु अर्थात एक अर्ब २५ करोड रुपैयाँ बराबरको योजनाको आकार निर्धारण गरी बाँडफाँट गरिएको छ । उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ कायम भएको छ ।
धितोपत्र बाँडफाँट सम्बन्धी निर्देशिका, २०७४ को निर्देशन ३० बमोजिम बाँडफाँट तालिका अनुसार रितपूर्वक प्राप्त आवेदनमध्ये एक सय इकाईदेखि तीन लाख ५० हजार इकाइसम्म आवेदन माग गर्ने एक लाख ५५ हजार ८६४ जना आवेदकलाई माग गरे बमोजिम इकाई बाँडफाँट गरिएको छ । यस्तै ५ लाखदेखि एक करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकलाई चार लाख ३६ हजार ३३० इकाई बाँडफाँट गर्नुका साथै बाँकी रहेको २९० इकाई ३४ जनामध्ये २९ जना आवेदकलाई गोला प्रथामार्फत थप १० इकाई बाँडफाँट गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्