कुमारी बैंकद्वारा उग्रतारा स्कूलमा वाटर फिल्ट्रेसन प्रणाली जडान «

कुमारी बैंकद्वारा उग्रतारा स्कूलमा वाटर फिल्ट्रेसन प्रणाली जडान

कुमारी बैंकले साँखु स्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ । अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुन नसक्ने भएकाले फिल्ट्रेसन प्रणाली जडान गरिदिएको छ ।
कुमारी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका ध्यान केन्द्रित क्षेत्रहरुमा शिक्षा एक महत्वपूर्ण स्तम्भ रहेको बैंकले जनाएको छ । यस लक्ष्य अनुरुप राष्ट्रको दिगो विकासको लागि जनताको जीवनमा परिवर्तन ल्याउन एक प्रेरक शक्ति शिक्षा रहेको छ ।
यस खानेपानी फिल्ट्रेसन प्रणाली जडान गतिविधि लगायत पूर्वाधार विकासका विविधकार्यहरुमा सहयोग पु¥याउँदै आएको बैंकले आगामी दिनहरुमा समाजको दिगो शैक्षिक विकासको प्रवद्र्धन गर्ने प्रतिवद्धता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्