अर्थमन्त्री शर्मा र सुमारबीच भेटवार्ता «

अर्थमन्त्री शर्मा र सुमारबीच भेटवार्ता


एमसीसी उपाध्यक्ष फातिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । शनिबार अपरान्ह सुमारको टोलीले सिंहदरवारमा अर्थमन्त्री शर्मासँग भेटवार्ता गरेको हो ।
भेटमा एमसीसीको टोलीले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरि कार्यान्वयनमा लैजान आग्रह गरेको छ । जवाफमा अर्थमन्त्री शर्माले नेपाल र एमसीसीबीच २०१७ मा सम्पन्न कम्प्याक्ट सम्झौताका विषयमा राजनीतिक स्तरमा छलफल भइरहेको बताएकाम थिए ।
भदौ २४ गते नेपाल आइपुगेको सुमार नेतृत्वको एमसीसीको टोलीले सुरुमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेको थियो । त्यसपछि टोलीले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सत्तारुढ दलका नेताहरु लगायत सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग पनि भेटघाट गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्