Logo

सरुवा रोग अस्पतालबाट हालसम्म १ हजार १ सय जनाको निःशुल्क उपचार

गण्डकी प्रदेशको एक मात्र अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालमा हालसम्म १ हजार १ सय १३ जना कोभिडका बिरामीको निःशुल्क उपचार भएको छ । १३ महिनाअघि प्रदेशको स्वामित्वमा आएको अस्पतालमा हालसम्म उक्त संख्यामा कोरोनाको उपचार भएको अस्पतालका निर्देशक डा. विकास गौचनले बताए ।
विभिन्न अनुदानबाट अस्पतालमा गत आर्थिक वर्ष २०७७/०७८ मा ११ करोड ४१ लाख ७५ हजार ६ सय ९० रुपैया प्राप्त भई प्रतिकोभिड बिरामी १ लाख ३९ हजार बराबरको खर्च व्यबस्थापन भएको निर्देशक डा.गौचनले जनाए । अस्पतालले कोभिडका बिरामीको उपचारसहित अस्पताल संचालनमा करिब ७ करोड स्रोत भर्ना गरिएको उनले बताए । हालसम्म ६४ लाख १३ हजार मात्र प्रयाप्त रकम प्राप्त भएको निर्देशक गौचनले जनाए । अस्पतालमा हाल ९८ जना कर्मचारी छन् भने अब असोज महिनापछि ३५ जना कर्मचारीमा झर्ने जसले गर्दा अस्पतालमा सरुवा रोगको व्यबस्थापनमा कठिनायी हुने उनले बताए । अस्पतालमा गत वर्ष २०७७/०७८ मा मात्र ८ सय २३ जनाका कोभिडका बिरामीको उपचार भएको थियो ।
संघीय सरकारको अस्पताललाई ससर्त अनुदानबाट ९७ लाख ४ हजार ९ सय ४९ रुपैयाँ, चालूअन्तर्गत प्रदेश समानीकरणबाट १ करोड ७५ लाख २४ हजार २ सय ४०, पुँजीगतअन्तर्गत प्रदेश समानीकरणबाट १ करोड ६३ लाख ७५ लाख ७ सय १ रुपैयाँ प्राप्त भएको निर्देशक गौचनले जनाए । त्यस्तै कोभिड–१९ को कोषबाट १ करोड ९ लाख ५७ लाख ८ सय ७० रुपैया खर्च भएको गौचनले जनाए । पुँजीगत अनुदानमा मेडिकल औजार, मनिटर, आईसीयू आदि) मा ३ करोड ७१ लाख ९ हजरा ९ सय ३० रुपैयाँ खर्च गौचनले जनाए । त्यस्तै चालूतर्फ अनुदानबाट (पिपिई, मास्क, ग्लोव, स्यानिटाइजर) मा १ करोड ५५ लाख ३ हजार खर्च भएको छ ।
अस्पतालमा हाल पुरी फाउण्डेसन, एनआरएन, बेल्जिम तथा पोखरा महानगरपालिकाबाट उक्त अक्सिजन उद्योगसमेत सञ्चालनमा छ । दैनिक २०÷२५ वटा ठूलो अक्सिजन सिलिण्डर ग्यास उत्पादन हुँदै आएको छ भने बाँकी अक्सिजन ग्यास निजी कम्पनीसँग अस्पतालले खरिद गर्दै आएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा हाल २५ जना कोरोनाका बिरामीहरू छन् भने उनीहरूलाई दैनिकजसो ८० वटासम्म अक्सिजन ग्यास सिलिण्डर खपत हुने गरेको निर्देशक गौचनले जनाए ।

यसैबीच, गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले प्रदेशको एक मात्र संक्रामक तथा सरुवा रोग अस्पतालको आवश्यकता पूरा गर्न सहयोग गर्ने बताए । पोखरा–३० मोहोरियामा रहेको उक्त अस्पतालाको शुक्रबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री बरालले प्रदेशको अस्पतालाई साधन सम्पन्नसहित अस्पतालको आवश्यकता पूरा गर्न सहयोग गर्ने बताएका हुन् ।
प्रदेशका जनतालाई स्वस्थ्य राख्न र सरुवा रोगहरूबाट बच्न र बचाउनको लागि पनि पूर्व तयारी गरेर बस्नको लागि अस्पतालको स्तरउन्नति गर्नुपर्नेमा मन्त्री बरालको जोड थियो । प्रदेशको एउटा मात्र सामुदायिक अस्पताल भएकाले पैसाको अभावले अस्पतालको कुनै पनि सेवा प्रभावित पार्न नहुने उनको भनाइ थियो ।
उनले भने, “सबै हिसावले अस्पताललाई साधन सम्पन्न तुल्याउनको निम्ति अस्पताल व्यवस्थापन समिति र प्रदेश सरकारको समन्वय राम्रो हुनुपर्छ, यस अस्पतालमा न्यूनतम आधारभूत स्वास्थ्य सेवा राम्रो छ भन्ने सन्देस मुलुकमा दिन आवश्यक छ, प्रदेशका गरिब, दुःखी र विपन्नवर्गका जनतालाई सेवा दिन सक्नुपर्छ ।” प्रदेशको महत्वपूर्ण सम्पत्तिलाई व्यबस्थित बनाउदै लैजाने सरकारको दाहित्वसमेत भएको मन्त्री बरालले जनाए । उनले भने, “थोरै जनशक्ति लियर सकारात्मक ढंगले कोभिड रोकथाम र त्यसबाट बचाउन अस्पतालबाट भएको प्रयास प्रशंसा गर्न योग्य छ, तपाईंहरूले जागिर मात्र खानु भएन, सेवको भूमिकामा अहोरात्र खटिरहनु भयो अस्पतालका निर्देशक सहितको सिंगो टोलीलाई धन्यवाद दिन चहान्छु ।” अस्पताल व्यबस्थापन समितिका अध्यक्ष प्रा.डा.कृष्णप्रसाद पौडेलले मुठ्ठीदानबाट स्थापना भएको अस्पताललाई हाल प्रदेश सरकारले स्वामित्वमा लिएपछि अब कोभिडसँगै जनरल(ओपीडी) सेवा समेत संचालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्