किन र कसरी भयो रिलाइन्स जियो भारतमा सफल ? «

किन र कसरी भयो रिलाइन्स जियो भारतमा सफल ?

 फोरजीमा चीन र अमेरिकापश्चात् भारत तेस्रो स्थानमा हुनुमा रिलान्स जिओकै हात छ ।

सन् २०१६ सेप्टेम्बरबाट फोरजी सेवा सुरु गरेको रिलायन्स जियोका कारण भारतीय दूरसञ्चार क्षेत्र डगमगाउन मात्र पुगेन, तमाम मानिस इन्टरनेटको दिवाना समेत बन्न पुगे । रिलाइन्स जियो कथा नेपालको कर्पाेरेट क्षेत्रका लागि वास्तवमै पठनीय छ । नेपाल टेलिकम, ऐनसेल, युनाइटेड टेलिकम, स्मार्ट टेलिकमजस्ता दूरसञ्चार सेवाप्रदायकहरूका लागि झनै सवकपूर्ण ठानिन्छ, रिलाइन्स जिओको व्यापार रणनीति । रिलाइन्स जियो भारतका अर्बपति अम्बानी घरानासँग जोडिएको टेलिकम्युनिकेसन बिजनस हो । त्यसो त अम्बानी परिवारको व्यापारिक जग धिरुभाइ अम्बानीबाट बसाइएको थियो । गुजरात थाकथलो भएका धिरुभाइ अम्बानी धनाढ्य परिवारमा जन्मिएका व्यक्ति थिएनन । यमनको एक पेट्रोल पम्पमा नोकरीसमेत गरेका धिरुभाइले नोकरी लत्याउँदै भारतमा आई सुरुमा मसला र सखरको कारोबार गरेका थिए, जहाँ उनको देहान्त हुँदा उनको सम्पत्ति ६२ हजार करोडभन्दा अधिक पुगको थियो ।
सन् २००२ मा धिरुभाइ अम्बानीको मृत्युपश्चात् उनका दुई पुत्र मुकेश र अनिल अम्बानीबीच सम्पत्ति भागबन्डाको विषयलाई लिएर विवाद सतहमा आउन थाल्यो, जसका कारण आमा कोकिला बहेन अम्बानीले दुई भाइबीच सन् २००५ मा सम्पत्तिको भागबण्डा गरिदिइन् । जहाँ दुई भाइबीच द्वन्द्व नहोस भन्नाको खातिर एउटाले गरेको व्यापार–व्यवसाय अर्कोले गर्न पाउने नन–कम्पिटिङ क्लजको व्यवस्था गरियो, जसमा कान्छो भाइ अनिल अम्बानीको पोल्टमा टेलिकम्युनिकेसन, फाइनान्स, पावर र जेठो मुकेश अम्बानीको पोल्टामा, आईसिएल तथा रिलायन्स उद्योग पर्यो । जहाँसम्म मुकेश अम्बानीको टेलिकम्युनिकेसन क्षेत्रमा दिलचस्पी तथा लगावको सवाल छ, मुकेश अम्बानीभित्र टेलिकम्युनिकेसन व्यापारमा सोख, लगाव र अनुभव थियो । वस्तुतः मुकेश अम्बानीले नै रिलायन्स कम्प्युनिकेसनको प्रारम्भ गरेका थिए । उनकै योजना अनुसार निःशुल्क फोन वितरण र कलको महसुल दरमा समेत कटौती भएको थियो ।
सन् २०१० मा अनिल र मुकेश अम्बानीले आपसमा नन कम्पिटेटिब क्लज अन्त्य गरे । त्यसको ३० दिनपश्चात् मुकेश अम्बानीले फोरजी स्मेट्रम रहेको इन्फोटेल ब्रोडब्यान्ड सर्भिस लिमिटेड (आईबिएसएल) को ९६ प्रतिशत हिस्सा ४ हजार ८ सय करोडमा खदिर गरे । तत्पश्चात् सन् २०१३ मा आईबीएसएललाई ड्रिम प्लानसहित रिलाइन्स जियोका रूपमा रिब्रान्डिङ गरियो । त्यतिउन्जेलसम्म रिलायन्स कम्युनिकेसन, एअरटेल, भोडाफोन, एअरसेल, आइडिया, बिएसएनएल, एमटीएनएल लगायतका सेवा प्रदायकहरू टुजी तथा थ्रीजी टेक्नोलोजीमा रमाइरहेका थिए । जहाँ ७० प्रतिशत आर्जनको स्रोत भ्वाइस कललाई बनाइएको थियो । थ्रीजी मोबाइलमा जुन स्पिड पस्कनुपर्ने थियो, पस्किएको थिएन । अर्को कम्पनीले फोरजी (एलटिई) पस्कन सक्छ भन्ने कुरालाई नजरअन्दाज गरिएको थियो । उनले पोल्टामा रहेको, फोरजी स्पेक्ट्रम सीमितता, महत्व र भविष्य मुकेश अम्बानीलाई राम्रै आकलन थियो । ठूलो मात्रामा पुँजी लगाएमा प्रतिस्पर्धी अप्रेटरको ग्राहकको आफुतिर तान्न (चर्न) सकिन्छ भन्नेमा मुकेश पूरै कन्फिडेन्ट थिए । भ्वाइस सेवा लगभग सेचुरेसनमा र डाटामा ब्लुओसन सिर्जना गर्न सकिन्छ भन्ने जियोले राम्रैसँग बुझेको थियो । प्रतिस्पर्धी कम्पनीका ग्राहक तान्न र नयाँ ग्राहक सिर्जना गर्न नयाँ–नयाँ सेवा–सुविधा पस्कनुपर्छ भन्ने कुरा रिलाइन्स जियोले बुझाउनु आवश्यक थिएन ।
जहाँ रिलाइन्स जियोले पूर्वाधारलगायतको क्षेत्रमा ५ वर्षमा २.५ लाख करोड लगानी गर्यो । जुन आइडिइए, भोडाफोन र एअरटेल, ऐअरसेलले २० वर्षमा गरेको लगानी अधिक थियो । अन्य सेवाप्रदायक टुजी तथा थ्रीजीको रेड ओसनमा अलमलिरहेका बखत रिलायन्स जियो फोरजी सेवा ब्लु ओसनमा निर्माण गर्न सर्न चुकेन । मार्केट पोजिसनिङ निर्माण गर्न ट्राफिक प्लानिङ, सर्भिस क्वालिटी इनहान्समेन्ट (नेटवर्क सुधार) र प्राइसिङ रिडुसनमाको रणनीति अवलम्बन गरियो । सन् २०१५ डिसेम्बर २७ मा रिलायन्स जियोले नाम चलेका फिल्मी कलाकार र आफ्ना कर्मचारीलाई निःशुल्क सेवा पस्किएकोमा सन् २०१६ सेप्टेम्बर ५ मा सर्वसाधरणका लागि सेवा खुला गर्यो । सुरुमा रिलाइन्स जियोले अनलिमिटेड फ्री कल, नाइट डाटा प्याक र डबल डाटाजस्ता स्किम अगाडि सर्यो । सन् २०१६ सेप्टेम्बर ५ मा सर्वसाधरणलाई फोरजी सेवा पस्किएको जियोले पहिलो ४ महिना अर्र्थात् डिसेम्बर ३१ सम्म प्रत्येका सेवा निःशुल्क गर्यो । पहिले पस्किएको डेडलाइन सकिनै लाग्दा, सन् २०१६ डिसेम्बरमा निःशुल्क सेवाको भ्यालिडि ३ महिना थप गरी २०१७ अप्रिलसम्ममा पु¥यायो । प्रीm भिडियो कल, फ्री इन्टरनेट, फ्री एसएमएसका कारण रिलायन्स जियो एक महिनमा १.५० करोड मानिसलाई आफ्नो सेवाप्रति आकर्षित गर्न सफल भयो । १ सय १७ दिनमा रिलाइन्स जियोको १० करोड मानिसलाई आफुतिर तान्न सफल भयो ।
सन् २०१७ अप्रिलपश्चात् नयाँ अफर पस्कियो । जहाँ उसका उपभोक्ता ९९ रुपयाँ खर्च गरी ३ महिनाका लागि जियो प्राइम मेम्र्बसिप बन्न सक्थे, अर्थात् ९९ रुपैयाँमा ३ महिनासम्म भ्वाइस, डाटा र एसएमएस गर्न सकिन्थ्यो । जहाँ एअरटेलले १ जीबी डाटा ३० दिन भ्यालिडिटी रहने गरी १५० रुपैयाँमा पस्कने गरेकोमा जियोले ३० जीबी डाटा ३० दिन भ्यालिडिटी रहने गरी १५० रुपैयाँमै उपलब्ध गरायो, जुन आफैंमा हाई भ्यालु लो प्राइस रणनीति थियो, अर्थात् १० जना उपभोक्तासँग प्रतिउभोक्ता १० का दरले १ सय रुपैयाँ आर्जन गर्नुभन्दा १ सय जना उपभोक्ताबाट प्रतिउपभोक्ता १ का दरले १ सय आर्जन गर्नुपर्छ, उत्तम हुन सक्छ भन्ने जियोको मान्यता थियो । जियोको यो अभियानलाई चाहेर पनि अरू सेवाप्रदायकहरूले चुनौती दिन सम्भव थिएन । किनकि अन्य सेवाप्रदायकहरूसँग त्यस्तो कुनै जबरजस्त प्लान थिएन, जहाँ बरु महसुल दर कटौतीको विकल्प उनीहरूसँग रहेन, जसका कारण अर्को पारिवारिक ब्रान्ड रिलायन्स कम्युनिकेसन (आरकम) को ग्राहक एक वर्षमा ११.१५ वाट ८.८३ करोडमा ओर्लन पुग्यो । सन् २०१७ मार्चमा ४५ हजार ७ सय ३३ करोड नोक्सानी बेहोर्नुपरेकाले २५ हजार करोड कर्जा कम गर्न रिलायन्स कम्युनिकेसनले सेयर बिक्री गर्नुपर्यो । त्यस्तै एअरटेल र टाडा डोकोमोले समेत नराम्रोसँग ब्रज्रपात सहनुपर्यो । अन्ततोगत्वा, भोडाफोन र आईडिए मर्ज हुन पुगे भने एअरसेल, टेलिनोर र रिलायन्स कम्युनिकेसनको अस्तित्व नामेट हुन पुग्यो । सन् २०१६ मार्चमा ५ करोड रहेको फोरजी उपभोक्ता २०१७ डिसेम्बरमा २४ करोड पुग्दै गर्दा २४ करोड फोरजीमध्ये १६ करोड जियोका उपभोक्ता थिए भने अन्य प्रयोगकर्ताको ८ करोड थिए ।
सन् २०१६÷२०१८ को अवधिमा रिलायन्स जियोले १५ करोड ग्राहक कसरी बटुल्न सक्यो भन्ने सवाल छ, ठूलो परिमाणमा पूर्वाधार क्षेत्रमा लगानी जियोको सफलताको पहिलो कडी ठूलो थियो । जियोले मोबाइल पूर्वाधारमा यति धेरै लगानी गर्यो कि जुन अन्य बाँकी सेवा प्रदायकहरूको ल्याकतभन्दा माथिको विषय थियो । लगानी धेरै गर्दा प्रतिएकाइ लागत कटौती हुनु स्वाभाविकै थियो ।
ग्राहकले के चाहन्छन् ? कसरी ग्राहकलाई कसरी फोरजीप्रति सेवाको लत बसाउन सकिन्छ भन्ने कुरा बुझी सोअनुरूप आकर्षक बजार योजना पस्कन सक्नु जियो सफलताको दोस्रो कडी थियो । जहाँ मोबाइल टर्मिनेसन चार्ज (एमटिएन) मुख्य औजारका रूपमा अगाडि सर्यो । निःशुल्क सिम, निःशुल्क कल, सिमको शीघ्र एक्टिभेसनसहित पहिलो ६ महिना फ्री कल सुविधा उपलब्ध गरायो ।
टुजी र थ्रीजी प्रविधिमा लरखराइरहेका उपभोक्तासामु फोरजीजस्तो नवीनतम प्रविधि प्रस्कन सक्नु जियो सफलताको तेस्रो कडी थियो, जहाँ एअरटेलको इन्टरनेट ४ टेराबिट स्पिडमा चल्दा जियोको ४० टेराबिटमा चल्न सक्दथ्यो । यसै कारण रिलाईन्स जिओको लागि ब्युल ओसन निर्माण हुन पुग्यो । जबकि सोही अवधिमा अन्य सेवाप्रदायकहरू रेड ओसनमा आलसतालस खेप्दै थिए ।
कम्पनी र कन्जुर दुवैका लागि उइन–उइनको रणनीति अगाडि सारेको सार्न सक्नु जियो सफलताको चौथो कडी थियो । जहाँ डाटाको महसुल कम हुँदा उपभोक्तालाई सस्तो मूल्यमा इन्टरनेट चलाउन पाउने सुविधा उपलब्ध भयो भने सस्तो मूल्यका कारण धेरै उपभोक्ता हात लगाउन जिओ सफल भयो ।
जहाँ सम्म २.५ लाख, करोड लगानी गर्नु कति दूरदर्शितापूर्ण कदम थियो भन्ने सवाल छ । अहिले जियोका १५ करोड उपभोक्ता रहेका छन् । कम्तीमा प्रतिउपभोक्ता आय (आरपियू) १ सय मात्र रहँदा पनि १५ करोड उपभोक्ताबाट मासिक १५ अर्ब र वार्षिक कम्तीमा १ सय ८० अर्ब जियोले आर्जन गर्न सक्छ । जबकि अहिले अन्य सेवाप्रदायकहरूको आरपियू औसत १ सय ५० रुपैयाँ हुदा जिओको २ ष् ि५० छ । यसको मतलबत जियोले मासिक ३७.५ अर्ब र वार्षिक ४ सय ५० अर्ब आर्जन गर्न सकेको छ ।
सारमा, रिलायन्स जिओको प्रविष्टिले २०१६–१८ को अवधिमा भारतीय दूरसञ्चार क्षेत्रले जुन युटर्न लियो त्यो सराहना गर्न लायक छ । उपभोक्ताको हितमा छ । डिजिटल इन्डियाको अभियान सफल पार्ने मेरुदण्डीय आधार बनेको बन्दो छ । डाटा उपभोग प्रति महिना २० करोड जिबीबाट १ सय ५० जीबी पुग्नु, डाटाको मूल्य प्रतिजीबी २ सय ५० बाट ५० रुयैयाँमा ओर्लनु, पोस्टपेड मोबाइलको औसत मासिक बिल ३ सय ४० बाट २ सय ४० रुपैयाँमा ओर्लनु, वायरलेस ब्रोब्यान्ड कनेक्सन १ सय ५० मिलियनबाट २८० मिलियनमा उक्लनु, स्मार्टफोनको पेनिटेरेसन ६६ वाट ९५ प्रतिशत पुग्नु, स्मार्ट फोनको वितरण ४७ वाट १ सय ३१ मिलियन पुग्नु, सीमकार्ड एक्टिभियसन समय २४ घण्टाबाट १५ मिनेटमा ओर्लनु, भ्वाइसकलको राजस्व १ सय ६८ रुपैयाँबाट ६८ मा ओर्लनुमा रिलायन्स रिलायन्स जियोकै कमाल हो । भारत फोरजीमा चीन र अमेरिकापश्चात् तेस्रो स्थानमा हुनुमा रिलान्स जिओकै हात छ । सन् २०१९ सम्ममा अमेरिकालाई उछिन्ने जो दावा भारतले गरेको छ, त्यो रिलायन्स जियोको आडमा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्