अनावश्यक कवाडी कर लिएको उद्योगको गूनासो «

अनावश्यक कवाडी कर लिएको उद्योगको गूनासो

पर्सा-वीरगन्ज पथलैया औद्योगिक करिडोरमा सञ्चालनमा रहेको नेपाल शालिमार मेटल्स प्रालिले उत्पादन गरेको सामानमा जितपुरसिमरा उपमहानगरपालिकामा कवाडी करको ठेक्का लिएका ठेकेदारले जबरजस्ती कवाडी कर लिएको गुनासो गरेको छ । जितपुर सिमरा उपमहानगरपालिकाले आह्वान गरेको कवाडी कर संकलन ठेक्का श्याम कमर्सियल टे«डर्स सिमरा बाराले लिएको छ ।
कवाडी कर संकलनका लागि ठेक्का लिएको भएपनि ठेकेदारले भने नेपाल शालिमार मेटल्स प्रालिबाट उत्पादन भएको कप्पर सिट एण्ड सर्कल उद्योगबाट उत्पादन भएको वस्तुमा कवाडी कर लिएको छ । उद्योगमा उत्पादित कप्पर एन्ड सर्कल यही माघ १३ गते उद्योगबाट ना ६ ख ४९१२ नम्बरको ट्रकमा ३ हजार २ सय ६९ केजीको कप्पर सिट एन्ड सर्कल काठमाडौंस्थित गुह्ेश्वरी रोलिङ मिलको नाममा उद्योगबाट पठाइएकोमा कवाडी कर संकलन गर्ने ठेकेदारले १८ हजार ४ सय ९६ रुपैयाँ कर लिएको शालिमार ग्रुपका संचालक अशोक वैदले बताए । ठेकेदारले काटेको बिलमा कवाडी निकासी÷बिक्री कर भनेर उल्लेख भए पनि तामाको कवाड र जिंकको कवाडबाट उद्योगमा उत्पादित सामान नयाँ सामानलाई घुमाउरो भाषामा बिलमा लेखेर गुण्डागर्दी गरेर कर लिएको वैदले बताए ।
उद्योगले उत्पादन गरेको नयाँ वस्तुहरुमा समेत गुण्डागर्दी गरेर कर लिन थालेपछि सारा उद्योगहरु बन्द हुनसक्ने उनले बताए । उत्पादित नयाँ वस्तुको कवाडी करको नाममा ठेकेदारले जबरजस्ती कर लिएको वैदले बताए । करको नाममा जबरजस्ती उद्योगहरुलाई ठेकेदारले दादागिरी गर्न थालेकोले उद्योग सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनले बताए । कर लिँदा जुन वस्तुको लाग्ने हो त्यही वस्तुको मात्रै लिनुपर्ने बताउँदै उनले कवाडी सामानको कर लिने ठेकेदारले नयाँ उत्पादन भएको वस्तुको कर जबरजस्ती लिएर उद्योगीहरुलाई डरत्रासमा राखेको आरोप लगाए । समस्याको बारेमा जीतपुर सिमरा उपमहानगरपालिकालाई जानकारी गराउँदा समेत समाधानका लागि जितपुर सिमरा उपमहानगरपालिकाले चासो नलिएको आरोप लगाए । जितपुर सिमरा उपमहानगरपालिका क्षेत्रभित्र अधिकांश उद्योगहरु सञ्चालनमा रहेकाले स्थानीय करको सम्बन्धमा उपमहानगरपालिकाले स्पष्ट पार्नुपर्ने उनले बताए ।
यसअघि पनि शालिमार ग्रुपकै शालिमार सिमेण्ट र युनिटेक सिमेन्ट उद्योगबाट प्रदूषण भएको भन्दै स्थानीयले बन्द गराएपछि उपमहानगरपालिकासँगको छलफलमा पुनः सञ्चालन भएको छ । फेरी सोही समूहको उद्योगबाट उत्पादित नयाँ वस्तुको कवाडी कर लिएर पटक–पटक दुःख दिन खोजेको उद्योगी वैदको भनाइ छ । जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेंढाईले ठेक्का सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐनले तोकेको कानुनी दायरामा रहेर मात्रै कर लिन पाइने बताए ।

 

प्रतिक्रिया दिनुहोस्