Logo

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै बागमती प्रदेश सभाका कांग्रेस सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको छ ।
बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले वैद्यको रिट खारेज गरेको हो । वैद्यले गत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले रोक्नका लागि आवश्यक आदेशको मागदाबी गर्दै वैद्यले रिट दायर गरेका हुन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ । जसअन्तर्गत भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्