मोबाइल र सिम छ, नेटवर्ट छैन «

मोबाइल र सिम छ, नेटवर्ट छैन

तेह्रथुम-मुलुकभर सञ्चार क्षेत्रको तीव्र विस्तार भइरहँदा समेत तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगलस्थल गुफाबजारमा नेटवर्कको पहुँच नपुग्दा सेवाग्राहीहरूलाई सास्ती छ । पर्यटकिय क्षेत्रको रूपमा परिचित यस बजारमा मोबाइल फोनको नेटवर्क नटिप्दा स्थानीय बजारबासी तथा यहाँ घुम्न आउने पर्यटकहरू मर्कामा परेका छन् ।
गुफाबजारलाई लक्षित गरी कुनै नेटवर्ट प्रदायक कम्पनीले टावर निर्माण नगरेपछि चैनपुर नगरपालिकाको सुकेबजार, गुफाबजार लगायतका क्षेत्रमा स्थानियहरू टेलिफोन सेवाबाट बन्चित छन् । बजारवासी सबैको हातहातमा मोबाइल भए पनि आफन्तसँग फोन गरेर कुरा गर्न सकिने अवस्था छैन । यहा घुम्न आइपुगेका पर्यटकहरूले आफ्नो घर परिवार तथा आफन्तसँग सम्पर्क गर्न समस्या रहेको आन्तरिक पर्यटक अर्जुन पुरी बताए ।
तेह्रथुमको सदरमुकाम म्याङलुङदेखि ३२ किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र गुफाबजारमा कुनै पनि सञ्चार कम्पनीको नेटवर्क छैन । फोन नै गर्नुपर्ने जरुरी काम पर्यो भने बजारबाट आधा घण्टाको तेर्सो र उकालो बाटो चढेर डाँडाडाँडामा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय पासाङ सेर्पाले बताए ।
सेर्पा समुदायको बाहुल्य रहेको यो बजारमा केही अप्रिय घटना भएमा तुरुन्त कतै खबर गर्न सकिने अवस्था छैन । फोन नै गर्नुपर्नेकाम पर्यो भने सबै काम छाडेर डाँडाडाँडा पुग्ने पर्ने यहाँको बाध्यता बनेको छ । कोही मरिमराउ हुँदा पनि बर्खान्त सकिएपछि मात्र हुनेगर्छ । करिब ५० वर्षअघि स्थापना भएको यो बजारमा मोबाइल सेवाका लागि सम्बन्धित निकायमा पटक–पटक टावर स्थापनाका लागि अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो स्थानीय मञ्जु खनाल बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्