टाटाको हात खाली नजाने अफर «

टाटाको हात खाली नजाने अफर

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो वर्षको दसैंलाई लक्षित गर्दै हातै खाली नजाने अफर ल्याएको छ ।
यस योजनाअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने जनाइएको छ ।
टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्टफोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
हरेक हप्ताको लक्की ड्र मार्फत् बुकिङ गर्ने ग्राहकहरूमध्ये एक जना ४० इन्चको एमआई स्मार्ट टिभी र बम्परलक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहकहरूमध्ये ४३ जना ग्राहकहरूले थप उपहार प्राप्त गर्ने जनाइएको छ ।
सिप्रदी ट्रेडिङ–कमर्सियलभेइकल बिजनेस युनिटका जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार सिप्रदी ग्राहकहरूको उत्साहलाई बढाइराख्न यस्तो योजना ल्याएको बताए । उनकाअनुसार यो योजना असोज १४ गते सम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्