निशानले दक्षिण एसियामा ग्रीन मिशन सेसन आयोजना गर्ने

नेपाल र भुटानमा पर्याप्त जलविद्युत्को उपलब्ध भएकाले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको सम्भावना छ निशानको उद्देश्य यस क्षेत्रको अधिकतम जनताका लागि उपयुक्त सवारी साधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने र दिगो पनि हुने रहेको बताइएको छ ।
नेपाल सरकारको अग्रगामी चिन्तनको नीतिअनुरुप कार्वन उत्सर्जन कम गर्ने र विद्युतीय सवारी साधनलाई अधिकतम उपयोग गर्ने रहेको छ । निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधिारित लिफ इभी निसान कार प्रारम्भिक चरणमा विशेष छुट मूल्य ५९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको छ ।
निसान लिफ ई भी विद्युतीय सवारी साधन सन् २०१० मा उत्पादन भएको थियो । निसान लिफ गाडीले समग्रमा २.५ विलियन किलोलिटरको यात्रा तय गरिसकेका छन् । जसले १.२ मिलियन टन कार्वन घटाउन मद्दत पु¥याइसकेको कम्पनीको दावी छ ।