गाउँपालिकाद्वारा बस सञ्चालन «

गाउँपालिकाद्वारा बस सञ्चालन

डडेल्धुरा-डोटी पूर्वीचौकी गाउँपालिकाले बस सञ्चालनमा ल्याएको छ । आम सर्वसाधारणलाई सस्तो र सुलभ रुपमा आवत जावत गर्नका लागि सहज होस् भन्दै पूर्वीचौकी गाउँपालिकाले एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले हरियो झण्डा देखाएर यात्रुवहाक बस सञ्चालनमा ल्याएको हो । गाउँपालिकाको र अछामको सिमाना चौखुटट्देखी जिल्ला सदरमुकाम सिलगढीसम्म बस सञ्चालन हुने भएका छन् ।
करिब ८१ लाख रुपैयाँमा दुइटा बस खरिद गरिएको हो । अन्य यात्रुवहाक सवारी साधनको भन्दा करिब ३० प्रतिशत सस्तो भाडा लिने गरी यातायात सञ्चालन गरेको पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराजवोगटीले बताए । सुविधासम्पन्न यात्रुवहाक बस सञ्चालन गरी गाउँपालिकासहित अन्य यात्रुहरुलाई सस्तो ,सुलभ र सहजरूपमा सेवा दिने उद्देश्य लिई गाउँपालिकाले सव सेवा सञ्चालन गरेको समेत अध्यक्ष बोगटीले बताए ।
गाउँपालिकाका दुर्गम क्षेत्रका स्थानीयलाई जिल्ला सदरमुकामसम्म जानका लागि समेत समस्या भइरहेको अवस्थामा बस सेवा सञ्चालन गरेपछि अब सहज यातायात गर्न पाउनेमा आफू विश्वस्त रहेको समेत अध्यक्ष बोगटीको धारणा छ । अशोक लेननको ३५ सिट क्षमता भएको बसबाट गाउँपलिका बाटै जिल्ला सदरमुकामसम्म कार्यालयमा जाने कर्मचारीदेखि अन्य सर्वसाधारणलाई सहज भएको पूर्वीचौकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद सापकोटाले बताए । महँगो भाडाका कारण आम सर्वसाधारणलाई सास्ती भइरहेका समयमा गाउँपालिकाले बस सञ्चालन गर्दा करिब ३० प्रतिशत भाडादर कममा यातायात गर्न पाउने समेत प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए ।
गाउँपालिका अध्यक्षले रिवन काटेर बस सञ्चालनको शुभारभ गरेका थिए । सस्तो टिकटका साथै सहज रूपमा यातायात सञ्चालन हुन थालेपछि स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्