भद्रपुरबाट बुद्ध एयरले दैनिक तीन रात्रीकालीन उडान गर्ने «

भद्रपुरबाट बुद्ध एयरले दैनिक तीन रात्रीकालीन उडान गर्ने

काठमाडौं-बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलबाट रात्रीकालीन उडान सुरु गरेको छ । बुद्ध एयरले बुधबार परीक्षण उडानसमेत गरेको छ । दैनिक ३ वटा उडान गर्ने एयरले जनाएको छ । एयरले झापाको विमानस्थलबाट रात्री उडान आगामी माघ २७ बाट गर्ने जनाएको छ ।
‘लो भिजिबिलिटी’ र सूर्यास्तपश्चात् उडान रद्द गर्नुर्ने अवस्थाबाट यात्रुलाई सहज भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ५ महिनादेखि रनवे लाइट तथा अन्य प्रविधि जडानको काम गरिरहेको थियो ।
गत वर्ष खराब मौसम र ‘लो भिजिबिलिटी’ का कारण हाम्रालगायत अन्य एयरलाइन्सहरूको दर्जनौ उडानहरू रद्द गर्नु परेको बताउँदै बुद्ध एयरले अब यस्ता समस्या नआउने समेत जनाएको छ ।
बुद्ध एयरले रात्रीकालिन उडानका लागि नागरिक उड्डयन प्राधिकरण र यसका विशेषज्ञ टोलीले यसअघि धनगढिमा पनि आवश्यक पूर्वाधारहरू जडान गरी बुद्ध एयरले टेस्ट फ्लाईट र लगत्तै रात्रीकालिन व्यवसायिक उडान पनि भर्दै आइरहेको छ ।
आगामी दिनमा थप विमानस्थलहरू जस्तै तुम्लिङटार, सुर्खेत, भरतपुरमा पनि विस्तार गर्दै जाने योजना बनाएको छ । आरएनएभी प्रविधि जनकपुर एयरपोर्टमा पनि बुद्ध एयर तथा प्राधिकरणको सहकार्यमा सम्पन्न हुने अवस्थामा रहेको छ । अब हामी केही महिनामै त्यहाँ पनि परीक्षण उडान र तत्पश्चात् व्यावसायिक उडान भर्ने एयरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्