Logo

तीजले जुम्लाको अर्थतन्त्र चलायमान

जुम्ला-कोरोनाका कारण लामो समयदेखि थलिएको जुम्लाको अर्थतन्त्र तीजका कारण चलायमान भएको छ । तीजका कारण व्यापार बढेपछि सुनचाँदी व्यवसायी, होटल व्यवसायी र कस्टमेटिक व्यवसायीहरु खुसी भएका छन् ।
कोरोना कारण दुई वर्षदेखि बन्द रहेको व्यापार तीज नजिकीएपछि करिब १५ देखि २० लाख रुपैयाँसम्म सुनचाँदीको व्यापार भएको सुनचाँदी व्यवसायी विष्णु सुनारले बताए । “गत वर्ष संक्रमण बढेकोले तीज नलागेपछि सुनचाँदी व्यापार पनि ठप्प भयो” उनले भने, “यस वर्ष संक्रमण सामान्य हुँदा चहलपहल बढेपछि व्यापार सन्तोषजनक नै रहयो ।” तीज नजिकीएपछि विगतको तुलनामा सुनको व्यापार बढेपछि जुम्लाका विष्णु सुनार जस्तै दर्जनौ सुनचाँदी व्यवसायी राहत भएको बताउँछन् ।
यस्तै जुम्लाका अधिकांश होटल तीजको अघिल्लो दिनसम्म दर कार्यक्रमका लागि भरिभराउ थिए । होटल व्यवसायी नोर्बु लामाले कोरोना संक्रमण सामान्य भएसँगै होटल व्यवसाय सञ्चालित रहेपनि तीज आएसँगै दैनिक जसो हुने दर कार्यक्रमले होटल व्यवसायमा टेवा पु¥याएको बताए ।
जुम्लाका दर्जनौ होटलमा महिला समुह, सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संस्थाहरुको दर कार्यक्रम सञ्चालन भएका थिए । जसले आर्थिक गतिविधि बढेको छ ।
उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जब अलिमनिहारले भने, “आर्थिक गतिविधि बढ्ने, अर्थतन्त्र चलायमान बनाउने भनेकै चाड पर्वहरुले हो । दुई वर्ष थला परेको जुम्लाको अर्थतन्त्रमा तीजले थोरै भएपनि राहत पु¥याएको छ । आर्थिक गतिविधी बढेका छन् । यो क्रम आउँदो दसैंसम्म जारी रहे व्यवसायीलाई राहत पुग्छ ।”

प्रतिक्रिया दिनुहोस्