चीनद्वार विश्वकै शक्तिशाली ‘नेभल’ गनको परिक्षण «

चीनद्वार विश्वकै शक्तिशाली ‘नेभल’ गनको परिक्षण

वासिङटन-चीनले यसै महिनाको सुरुमा विश्वकै शक्तिशाली नौसेनाको अर्थात् नेभल गन परिक्षण गरेको छ । यो हतियार २०२५ सम्ममा युद्धका लागि प्रयोगमा आउने अमेरिकी जासुसी प्रतिवेदनसँग जानकार स्रोतले जनाएको छ ।
चीनको रेलगन पहिलो पटक २०११मा देखा परेको थियो २०१४ देखि यसको परिक्षण सुरु भएको नाम नबताउने सर्तमा स्रोतले जनाएको सीएनबीसीले जनाएको छ ।
अमेरिका र चीनबीचको तनाव उचाईमै पुगेको समयमा यो विषयको जानकारी बाहिरिएको हो ।
रेलगनले बारुदको सट्टा हतियार चलाउनका लागि इलेक्ट्रोम्याग्नेटिक उर्जा को प्रयोग गर्छ । यो हतियारको माध्यमबाट चीनले १२४ माइल परको दुरीमा प्रति सेकेन्ड १.६ माइलको गतीमा आक्रमण गर्न सक्छ । यो हतियार प्रहार गरेको ९० सेकेन्डको अवधिमा वासिङटनबाट फिलाडेल्फिया पुग्न सक्छ ।
खर्च किफायती हतियार भएकाले रुसी, इरानी र अमेरिकी सेनाले पनि यस किसिमको हतियारप्रति इच्छा राख्दै आएका छन् ।
चिनियाँ रेलगनको मूल्य २५ हजारदेखि ५० हजार डलरसम्म पर्ने गुप्तचरको मूल्यांकनले देखाएको छ । अमेरिकी सेनाको टमहाक क्रुज मिसाइलको अनुमानित मूल्य १४ लाख सम्म पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्