‘बरु मुख्यमन्त्री छोड्छ, स्मारक समितिको अध्यक्ष छोड्दिनँ’ «

‘बरु मुख्यमन्त्री छोड्छ, स्मारक समितिको अध्यक्ष छोड्दिनँ’

हेटौंडा- प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो वर्तमान पदलाई हेटौंडाको सहिद स्मारक विकास समितिको अध्यक्षसँग दाँजेर बरु मुख्यमन्त्रीको पद छाड्न तयार भएको बताएका छन् । आफ्नो नेतृत्वमा स्थापना गरेको सहिद स्मारकले देश विदेशमासमेत चर्चा पाइरहेको भन्दै बुधबार आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले स्मारक विकास समितिको अध्यक्ष पद कसैलाई हस्तान्तरण नगर्ने अडान लिए ।
उनले भने, “मेरो नेतृत्वमा यतिको ठूलो स्मारक बनेको छ । बरु म मुख्यमन्त्री पद छोड्न सक्छु तर, स्मारक विकास समितिको अध्यक्ष पद छाड्न सक्दिनँ, मलाई धेरै माया छ ।” प्रदेश सरकारको आयोजनामा बुधबार सहिद दिवसको अवसरमा हेटौंडा–११ स्थित सहिद स्मारकमा एकै ढुङ्गामा कुँदिएको सहिदको प्रतिमामा माल्यार्पण तथा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको थियो । “सहिद स्मारक घुम्नलाई देशभरबाट बर्सेनि लाखौं पर्यटक आउँछन्, यो स्मारक देशकै नमुनायोग्य स्मारक बनेको छ । यसको अझ संरक्षण र सम्बद्र्धनको खाँचो छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्