Logo

सञ्चयकोषका कर्मचारी आन्दोलित

नेपाल वित्तीय संस्था कर्मचारी संघ, कर्मचारी सञ्चय कोषले बर्खास्तीमा परेका कोषका प्रशासक तुलसीप्रसाद गौतमले अदालतको अल्पकालिन अन्तरिम आदेशपछि कोषमा प्रवेश गरी हाजिर गरेकोमा आपत्ती जनाएको छ ।
संघले विज्ञप्ति जारी गर्दै सरकारले कर्मचारी सञ्चय कोष ऐनले दिएको अधिकार प्रयोग गरी बखास्तीमा परेका प्रशासक गौतम अदालतको अल्पकालीन अन्तरिम आदेशको नाममा गुण्डागर्दी शैलीमा कोषमा प्रवेश गरी हाजिर गरेको जनाएको छ ।
मगलबार प्रहरी प्रशासनको सुरक्षा घेरा लिई कोषको केन्द्रीय कार्यालय पुल्चोक पुगेर कोषका निमित्त प्रशासक जितेन्द्र धिताललाई जबरजस्ती हटाई अदालतको आदेशबमोजिम आपूm नै प्रशासक रहेको भन्दै प्रशाकको कार्यकक्षबाट केही गोप्य फाइलहरु लिएर गएपछि कर्मचारी आक्रोशित भएका छन् ।
संघका अध्यक्ष अर्जुनप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चयकर्ता कर्मचारी नभएको व्यक्ति कोषको प्रशासक बन्दा सञ्चयकोष रकमको सुरक्षा हुन नसक्ने भन्दै दफा २ बमोजिम मन्त्रिपरिषदको भदौ ३ गतेको निर्णयबाट उनलाई पदबाट बर्खास्त गरिएको उल्लेख छ । अर्थमन्त्री युवराज खतिवडाले योजना आयोगका सह–सचिव गौतमलाई २०७५ वैशाख १० गते ५ वर्षको लागि कोषको प्रशासकको पदमा नियुक्त गरेका थिए ।
सरकारले उनलाई बर्खास्त गरेपछि कोषको दैनिक कार्यसञ्चालन गर्ने गरी कोषका वरिष्ठ सह–प्रशासक जितेन्द्र धिताललाई निमित्तको जिम्मेवारी दिएको थियो भने उनी कोषमा हाजिर भई नियमित कार्य सञ्चालन गर्दै आएका थिए । सरकारले पदबाट बर्खास्ती गरेपछि गौतमले आपूmलाई गैरकानूनी रुपबाट हटाइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्