Logo

टेलिटक नेपालको आधिकारिक केयर सेन्टर

टेलिटक प्रालिले नेपालमा नोकिया फोनको आधिकारिक वितरकले, न्युरोडको ताम्राकार कम्प्लेक्समा नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ । अब ग्राहकहरुले आफ्नो स्मार्टफोन मर्मतको समस्याहरुलाई सेवा केन्द्रबाट बिना कुनै ढिलाई सजिलै समाधान गर्न सक्नेछन् ।
केयर सेन्टरले नोकिया स्मार्ट फोनको मर्मत सम्बन्धी सबै सेवाहरु प्रदान गर्ने छ । सेवा केन्द्र राम्रो प्रशिक्षित व्यवसायिक प्राविधिकहरुले भरिपूर्ण भएको जसले एक्सेप्सनल ग्राहक सेवाका साथ जेनुइन स्पेयर पार्ट्सको उपलब्धतामा आश्वासन प्रदान गर्ने टेलिटकका निर्देशक प्रतीक जलान बताउँछन् ।
स्मार्ट फोन क्याटागोरीमा भर्खरै लन्च गरिएका नोकिया जी १०, नोकिया जी २० र नोकिया सी २० फोनहरु किफायती मूल्यमा अत्याधुनिक सुविधामा उपलब्ध रहेको पनि जनाएको छ । साथै फिचर फोनहरु नोकिया ५३१०, नोकिया ३३१०, नोकिया १५० र अन्य फोनहरु देश भरीमा उपलब्ध छन् ।
ब्राण्डले भर्खरै नोकिया एसेन्सीयल वायरलेस हेडफोन, नोकिया लाइट इयर बड्स र नोकिया पोर्टेबल वायरलेस स्पीकरलाई आफ्नो एक्सेसरिजहरुको क्षेत्रमा लन्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्