एनएमबि बैंकले ल्यायो तीज लक्षित अफर
एनएमबि बैंकले तीजको अवसर पारेर आफ्नो ग्राहकहरुले क्यूआर कोड, पोस वा ‘ईएनएमबी’ एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यास ब्याक अफर ल्याएको छ ।
तीज नेपाली समुदायमा आफन्तजनसँग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर रमाइलो सँग मनाइन्छ । तीजको बेला सार्वजनिक स्थानमा ब्यक्ति ब्यक्ति बीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले बैंकले आफ्नो आकर्षक अफरहरु ग्राहक माझ प्रस्तुत गरेको जनाएको छ ।
छुट सम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइट को ‘एमएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
बैंकले देशभरीका १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको जनाएको छ । बैंक चार वर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भइसककेको छ ।