भक्तपुर अस्पताललाई बैंक अफ काठमाण्डूको सहयोग «

भक्तपुर अस्पताललाई बैंक अफ काठमाण्डूको सहयोग

बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत भक्तपुर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । बैंकले १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको हो ।
उक्त स्वास्थ्य सामग्रीहरु बैंकका हेड बिजनेस सेट १ थमनबहादुर खत्रीले अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. सुमित्रा गौतमलाई एक कार्यक्रमको बीच हस्तान्तरण गरेका हुन् । उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरुले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका भक्तपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्