नासाको अन्तरिक्ष यान अप्रिलमा सूर्यको सर्वाधिक निकट पुग्ने «

नासाको अन्तरिक्ष यान अप्रिलमा सूर्यको सर्वाधिक निकट पुग्ने

न्यूयोर्क-लन्चको केबल १६१ दिनपछि अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान पार्कर सोलार प्रोबले सूर्यको कक्षमा आफ्नो पहिलो चक्कर पुरा गरेको छ । अब यसले प्रस्तावित २४ कक्षको आफ्नो यात्राको दोस्रो चक्कर लगाउन सुरु गर्नेछ । यसै समयमा यो सूर्यको सर्वाधिक नजिक पुग्ने छ । नासाका अनुसार १२ अगस्टमा प्रक्षेपित आफ्नो कारको आकारको अन्तरिक्ष यानले यो अवधिमा सूर्यको ३८ लाख माइल सम्मको यात्रा तय गर्नेछ र २०१९ को ४ अप्रिलमा सूर्यको सबैभन्दा नजिक पुग्ने छ । आफ्नो अभियानको अवधिमा अन्तरिक्ष यानले सूर्यको कुल २४ चक्कर लगाउने छ । जोन होपकिन्स युनिभर्सिटीका एप्लाईड फिजिक्स लेबोरोटरीका परियोजना प्रबन्धक एन्ड्री ड्राइसम्यानले भनेका छन्,“अन्तरिक्ष यानको पहिलो कक्षको यात्रा शानदार रह्यो ।”
“यस अवधिमा हामीले अन्तरिक्ष यानको कार्यप्रणाली तथा परिचालनको बारेमा धेरै सिकेका छौ । हामीलाई थाहा भएको छ कि सौर्य पर्यावरणले कुन किसिमबाट व्यवहार गर्छ । मलाई यो भन्दा गर्व महसुस भइरहेको छ कि यस बारेमा टिमको आकलन एकदम सटिक रह्यो । अन्तरिक्ष यानले १ जनवरीदेखि पुरै तरिकाले काम गर्न सुरु गरेको थियो तथा यसको सबै प्रणाली अनलाईन भएको छ । यसले निर्धारित डिजाइनका अनुसार काम गर्न लागेको छ,” उनले भने ।
अन्तरिक्ष यानले आफ्नो उपकरणबाट गहन अन्तरिक्ष नेटवर्कको माध्यमबाट धर्तीमा आंकडा पठाइरहेको छ । हालसम्म विज्ञानसँग सम्बन्धित १७ गिगाबाइटको आंकडा डाउनलोड भइसकेको छ । पुरै आंकडा अप्रिलसम्म डाउनलोड भइसक्ने छ । अन्तरिक्ष यान आफ्नो दोस्रो चक्करको समयमा अप्रिलमा सूर्यबाट १५ लाख माइलको दुरीमा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्