अमेरिका ठण्डीको चपेटामा, तापक्रम माइनस ५० डिग्री «

अमेरिका ठण्डीको चपेटामा, तापक्रम माइनस ५० डिग्री

वासिङटन-आर्कटिकबाट आएको हिउको चिसो हावाका कारण दुई तिहाई अमेरिकी मुटुनै कमाउने चिसाको चपेटामा परेका छन् । कतिपय स्थानमा तापक्रमा माइनस ५० डिग्री सेल्सियससम्म ओर्लेको छ । चिसोले विगतका कतिपय रेकर्डनै तोडिदिएको छ । राष्ट्रिय मौषम सेवाका अनुसार अभैm दुई दिन सम्म चिसोमा थप वृद्धि हुनेछ । ओहायो, द ग्रेट लेक्स तथा न्यू इंग्ल्यान्डको क्षेत्र चिसोबाट धेरै प्रभावित भएका छन् ।
मंगलबार साझको समयमा तापक्रम माइनस ४६ डिग्री सेल्सियससम्म पुगेको थियो । कैयौ स्थानमा भारी हिमपात समेत भएको थियो । खराब मौषमलाई मध्यनजगर गर्दै विस्कान्सिस, मिचिगन तथा अलबामामा आपतकाल घोषणा गरिएको छ । करिब १ हजार २०० उडान पनि रद्ध गरिएको छ ।
अमेरिकामा बढेको चिसोको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको ट्वीटले हंगामानै सिर्जना गरेको छ । ट्रम्पले ट्वीटमा भनेका छन्,“कतिपय स्थानमा तापक्रमा माइनस ६० डिग्रीसम्म पुगेको छ । आगामी दिनमा तापमानमा थप गिरावट आउन सक्छ । मानिसहरु घरबाट बाहिर निक्लन पाएका छैनन् । ग्लोबल वार्मिङलाई पनि के भएको छ ? काहाँ छौ तिमी ? फर्केर आऊ ।” जलवायु परिवर्तन जस्तो गम्भिर समस्यालाई पनि हलुका रुपमा लिएकोमा चौतर्फी उनको निन्दा भइरहेको छ । उक्त ट्वीटमा ट्रम्पले वार्मिङ गलत लेखे । जसका कारण उनको आलोचना भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्