प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेर संसदीय मर्यादाविपरीत काम गरेको दाबी «

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेर संसदीय मर्यादाविपरीत काम गरेको दाबी

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेर संसदीय मर्यादा विपरित काम गरेको दाबी गरे ।
आचरणबाहेक सभामुखले लिएको निर्णयमाथि आलोचना गर्न नमिल्ने विषयलाई लिएर संसद अवरुद्ध गरेर एमालेले संसदीय मर्यादा विपरित काम गरेको नेता पुनको तर्क छ । संसद अवरुद्ध भएपछि संसद भवनबाट बाहिरने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सभामुखका निर्णयहरुलाई पालना गरेर जानु संसदीय सर्वोच्चता भएको उल्लेख गर्दै संसद अवरुद्ध पार्ने संसदीय परम्परा विश्वमा कहीँ नभएको दाबीसमेत गरे ।
नेता पुनले सभामुखको गरिमा बचाउन, संसदमा आएका बिजनेसहरुलाई सुचारु गराउन संसद चल्न दिन पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग आग्रह गरे । उनले भने, ‘प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । यो चाँही संसदीय मर्यादा विपरित छ । एकातिर आचारण सम्बन्धि विषयबाहेक सभामुखले गरेका निर्णयहरुमा सभामुखको आलोचना गर्न मिल्दैन । यो संसदीय सर्वोच्चता हो । यसो गर्दै गयो भने संसद नै चल्दैन । एउटा मर्यादा हामीले नै निधारण गरेका हौं । विगतमा यस्तै अभ्यास गरेका छौं । जसले संसदको नेतालाई आचरण सम्बन्धिबाहेक अरुमा आलोचना गर्ने, वा भएका निर्णयहरुको खण्डन गरेर, आलोचना गरेर, संसद अवरुद्ध गर्ने कुनै संसदीय परम्परा नै छैन । र यो पहिलो घटना हो । त्यसैले उहाँहरुले बेठिक परम्परा सुरु गरेका छन् ।’
नेता पुनले अदालतमा विचाराधिन विषय प्रवेश गराएर संसद अवरुद्ध पार्ने गल्ती कुनै पनि राजनीतिक दलले गर्न नहुने पनि बताए ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुख अग्नीप्रसाद सापकोटले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नु परेको स्पष्ट पार्नु भएको छ ।
संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले दलले ह्वीप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरुलाई कारबाहीको सुचना जारी नगरेर सभामुख अग्नी सापकोटाले आफ्नो दललाई फुटाउन सघाउ पु¥याएको आरोप समेत लगाउनु भयो । सचिव भट्टराईले भन्नु भयो, ‘सभामुखले निष्पक्ष खालको व्यवहार नगरेको हाम्रो टिप्पणी छ । एउटै केशका विभिन्न दलहरुलाई विभिन्न ढंगले ट्रिट गर्नु भएको छ । संसदीय व्यवस्थामा पार्टीनै प्रदान हुन्छ । पार्टीका सांसदहरुलाई पार्टीको अनुशासन हुन्छ । त्यो अनुशासन उलंघन भयो भने, ह्वीप उलंघन भयो भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।’
यता, सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी)की सांसद रामकुमारी झाँक्रीले एमालेलाई संसदका हत्याराको संज्ञा दिनु भएको छ ।सांसद झाँक्रीले संसदका हत्याराहरुले संसद बचाउन लागेका आफूहरुलाई विभिन्न आरोप लगाउने गरेको उल्लेख गर्दै त्यसबारे टिप्पणी गर्न आफूले नचाहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्