वित्तीय जोखिममा बचत अवधारणा «

वित्तीय जोखिममा बचत अवधारणा

वित्तीय क्षेत्रमा कायम रहने जोखिमलाई सम्बद्ध समूहले अनिवार्य तŒव विशेषका रूपमा लिने गरेको पाइन्छ । यदि कुनै पनि क्षेत्रमा जोखिमको मात्रा रहँदैन भने त्यस क्षेत्रले कुनै पनि हालतमा प्रगति हासिल गर्न नसक्ने निश्चित छ । तसर्थ यस क्षेत्रमा कायम रहेको जोखिमको मात्राअनुसार प्रगतिको मार्ग निर्धारण गर्न सकिने तथ्यहरूले प्रमाणित गर्दै आएको छ ।
किनकि जोखिम न्यूनीकरणका लागि आफ्नो सम्पूर्ण सकारात्मक शक्ति, विवेक एवं सुरक्षाका विविध उपायलाई अवलम्बन गर्दै उच्च प्राथमिकताका साथ कार्य गर्ने हुँदा आम बैंकिङ उपभोक्ताले समेत अब्बल वित्तीय सेवा, सुरक्षा तथा सुविधा प्राप्त गर्ने प्रबल सम्भावना जीवन्त रहन्छ ।
कायम रहन आएको जोखिमलाई अवसरका रूपमा सदुपयोग गर्दै लगानी प्रवद्र्धनको वातावरण तयार गर्नुपर्ने हुन्छ, जसले परिणामजनक मुनाफा आर्जनका लागि जोखिमयुक्त परिस्थितिलाई मूल केन्द्रबिन्दुका रूपमा लिँदै त्यसबाट अत्यधिक लाभ आर्जन गर्नका लागि आवश्यक पर्ने सुरक्षात्मक उपायहरू पत्ता लगाई व्यवहारतः अवलम्बन गर्ने प्रयास गरिन्छ ।
जसका लागि वित्तीय पहुँचको अभिवृद्धि गर्ने प्रबन्ध आदिका लागि अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि वित्तीय समावेशीकरणको अवधारणाअनुसार मुलुकमा व्याप्त रहेको गरिबी–आयबीचको असमानतालाई सफलतापूर्वक चिर्दै समानताको प्रत्याभूति गराउने कोसिस गरिनेछ; जुन यस क्षेत्रको नीति, नियम, निर्माता वा नियमनकारी निकायमा निर्भर रहने तथ्यलाई नकार्न मिल्दैन । जसअनुसार पहँुच नपुगेको समूहलाई लक्षित गर्दै समाहित गर्ने प्रयास गरिनेछ ।
तदुपरान्त समावेशीकरणको अवधारणानुकूल मुलुकको अर्थनीतिसँग वित्तीय नीतिलाई एकआपसमा हातेमालो गर्दै क्रमशः अगाडि बढाउँदै लैजानुपर्ने हुन्छ, जसले वित्तीय साक्षरता वृद्धि गर्दै सूचना आदानप्रदानमा समेत उपलब्धिमूलक नतिजा हासिल गर्नेछ । सूचना विकासको सम्भाव्यताले मुलुकको दूरदराजको क्षेत्रमा समेत वित्तीय पहुँचको उपलब्धता श्रीवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने देखिन्छ ।
यस प्रकारको सकारात्मक कार्यको थालनी रहँदारहँदै पनि जोखिम व्यवस्थापन भने पूर्ण रूपले मुक्त रहन सकेको पाइएन ।
किनकि जोखिम व्यवस्थापनको क्षेत्रमा रहेको विभिन्न प्रकारको चुनौतीलाई चिर्दैै अर्थपूर्ण आर्थिक शुद्धीकरणको व्यवस्थापनले मात्र मुलुकको वित्तीय क्षेत्रको साखलाई अझ माथि उठाउँदै अर्थतन्त्रलगायत सम्पूर्ण आर्थिक क्रियाकलापसँग सम्बद्ध रहने क्षेत्रलाई सही दिशानिर्देश गर्न पूर्ण रूपले सक्षम रहनेछ भन्ने विश्वास लिन सकिनेछ ।
जोखिमपूर्ण व्यवस्थापकीय चुनौतीले आफ्नो एकछत्र प्रभावका कारण हरेक वित्तीय चुनौतीलाई न्यूनीकरण गर्नुको साटो अनधिकृत लाभका लागि उचाइमा पु¥याउने प्रयास नै यस क्षेत्रको सबैभन्दा डरलाग्दो चुनौतीका रूपमा लिन सकिन्छ । प्रभावजन्य असरका कारण कर्जा विकासको क्षेत्रमा चुनौती सिर्जना भई निर्धारित समयसीमाभित्र सही कर्जा व्यवस्थापन हुन सक्दैन ।
एवम् प्रकारले कर्जा प्रवाहसँग सम्बन्धित धितोले अर्थ सरोकारसँग कारोबार राख्ने सम्बन्धित क्षेत्रमा चुनौती खडा गर्दै जोखिमको दरलाई ऋणात्मक गतिमा अगाडि लैजान थप मद्दत पु¥याएको देखिन्छ । प्रलोभन आदिका कारण ख्यातिप्राप्त कम्पनी÷व्यक्तिको पहुँचका आधारमा कमसल धितोलाई अत्यधिक मूल्यांकन गरी कर्जा प्रवाह गर्ने परिपाटीको विकासले कर्जा व्यवस्थापनको क्षेत्रमा जोखिमको दरलाई अत्यधिकता कायम राख्दै व्यवधान खडा गर्दै आएको आर्थिक सरोकारवाला पक्षको बुझाइमा रहेको पाइन्छ ।
यस तथ्यले के दर्साउँछ भने वित्तीय संस्थामा धितोबापत राखेका कर्जा निखन्ने प्रवृत्तिमा ह्रास ल्याउन उल्लिखित प्रवृत्तिका कर्जा प्रावधानहरू सहायकसिद्ध रहनेछन् भन्दा त्यति अत्युक्ति नहोला । किनभने पहिले गरिएको मूल्यांकन नै बजार मूल्यभन्दा अत्यधिक रहने गरेका कारण ऋणीले सुरुवाती अवस्थामा नै अत्यधिक अनधिकृत लाभ लिइसकेकाले धितोस्वरूपको सम्पत्तिप्रति कुनै प्रकारको आशक्ति रहँदैन । जुन खराब कर्जाको क्षेत्रमा सबैभन्दा घातक परिणाम साबित हुने देखिन्छ, जसले बैंक तथा वित्तीय संस्थालाई समेत दिवालिया घोषित गराउने संस्कृतिको विकासमा नकारात्मक ऊर्जा प्रदान गर्ने हुँदा समयमै ध्यान पु¥याई असल कर्जा प्रवाह गर्नेतर्फ व्यवस्थापन पक्षको ध्यान केन्द्रित रहनु जोखिम न्यूनीकरण गर्नुसरहको अवस्था हो । विपरीत अवस्था तयार भए धितो लिलामीको क्षेत्रमा समेत कानुनी अड्चनले गर्दा लिलामी प्रक्रियामा गतिरोध उत्पन्न भई थप जटिलता छाउने ठोकुवा गर्न सकिनेछ ।
यसका अतिरिक्त कतिपय अवस्थामा अपरिपक्व व्यवस्थापनका कारण आफूअनुकूलको अन्य वित्तीय क्षेत्रमा ऋणी स्थानान्तरणका लागि हौस्याउने संस्कृतिले यस क्षेत्रमा थप आर्थिक व्ययभार बेहोर्नुपर्ने अवस्था तयार हुने देखिन्छ । साथै कर्जाको ब्याजदरमा एकरूपता कायम रहन नसक्नु, बिना पूर्वजानकारी ब्याजदरमा वृद्धि हुनेजस्ता प्रवृत्तिले ग्राहक–वित्तीय क्षेत्रमा विश्वासको संकट उत्पन्न भई यस क्षेत्रको साखमा ह्रास आउने सम्भावना पनि उत्तिकै रहन्छ ।
तसर्थ वित्तीय क्षेत्र सुधारका लागि आवश्यक पहलकदमी गर्नुपर्ने देखिन्छ । किनकि सुधार भन्ने कुरा आजको आजै आफैं हुने कुरा पक्कै पनि होइन, जसका लागि सम्बन्धित मुलुकमा बसोबास गर्ने नागरिक समुदायको आर्थिक सम्मुन्नतिको आधार बिन्दु पहिल्याउँदै आर्थिक सम्पन्नतासहितको उपल्लो स्तरको जीवनस्तरमा उल्लेख्य सुधारको चाहनासहितको कामनालाई यथार्थमा पूर्णता प्राप्तितर्फ अग्रसर गराउने कार्ययोजनालाई राज्यले अगाडि सार्नुपर्नेछ ।
किनभने दैनिक रूपमा आवश्यक पर्ने गाँस, बास एवं कपासका लागि सहज रूपमा अर्थोपार्जन गर्न नसक्ने परिस्थितिको निर्माण भए ती मुलुकका नागरिक समूहको बचत अभिवृद्धि गर्ने क्षमताका न्यूनतम आधारहरू स्वतः समाप्त रहन्छन् भन्ने अर्थशास्त्रीय मान्यता रहँदै आएको छ, जसले गर्दा नागरिकको बचत गर्ने क्षमतामा ह्रास आउने तथ्यलाई स्वाभाविक रूपमा नै लिनुपर्ने हुन्छ ।
न्यून बचतको नकारात्मक प्रभावस्वरूप आकलन गरिएअनुसारको वित्तीय वचत सञ्चितिसमेत उल्टो गतिमा चल्ने अवस्था तयार भई निक्षेप संकलनको क्षेत्रमा गतिरोध उत्पन्न हुनेछ । प्रस्तुत क्रियाकलापको अत्यधिकताले अन्ततः सहज कर्जा व्यवस्थापनमा समस्या सिर्जना हुने तथ्यलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन ।
आर्थिक कारोबार गर्ने क्षेत्रमा कायम रहँदै आएको खराब परिसूचकलाई न्यूनीकरण गर्दै आर्थिक अपराधरहित स्वच्छ वित्तीय अवधारणाको विकासका लागि आर्थिक एवं वित्तीय नियम तथा अनुशासनको परिधिमा अनुबन्धित रहँदै नियमनकारी निकायबाट समय–समयमा आवश्यक निर्देशन तथा नियन्त्रण गर्नु जरुरी देखिन्छ ।
जसको विकासले धेरै हदसम्म आर्थिक अपराधजन्य गतिविधिमा न्यूनता आई पारदर्शितासहितको सुधारका लक्षणहरू अवतरण हुने सम्भावना रहन्छ । प्रस्तुत अवस्था त्यो बेला पूर्ण रूपले सफल रहन्छ, जुन बेला नागरिक समुदायको बचत वृद्धिका साथै वित्तीय पहुँचको अत्यधिकता कायम रहनेछ । जसका लागि सम्बद्ध क्षेत्रले पनि बचत अभिवृद्धिको आकर्षक योजनाहरू तर्जुमा गर्दै व्यवहारतः लागू गर्नुपर्ने हुन्छ ।
प्रस्तुत जोखिमपूर्ण अवस्थालाई सफलतापूर्वक पार गरेपश्चात् मात्रै मुनाफा आर्जनको सुखद परिवेश तयार हुने हुँदा कायमी जोखिमलाई अवसरका रूपमा लिँदै सदुपयोग गर्न हाम्रा वित्तीय समूहहरू कति मात्रामा सक्षम रहन्छन्, त्यसैका आधारमा घाटा–नाफाको सही मूल्यांकन हुने परिपाटीको विकासलाई अन्यथा लिन मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्