ग्यापुले ल्यायो चाडवाड अफर «

ग्यापुले ल्यायो चाडवाड अफर

नजिकिँदै गरेको चाडवाडलाई मध्यनजर गर्दै ईकमर्स कम्पनी ग्यापुले चाडवाड अफर ल्याएको छ । हिन्दु महिलाहरूको महान चाड तीजको अवसरमा विभन्न सामान ग्यापुमार्फत् खरिद गरेमा ग्राहकले ग्यापुबाट छुट र क्यासब्याक अफर पाउन सक्छन् ।
ग्राहकले हिमालय बैंकबाट सामान खरिद गर्दा ५०० रूपैयाँसम्ममा १५ प्रतिशत छुट पाउनेछन्। यो छुट भदौ २२ गतेदेखि २४ गतेसम्म लागु हुनेछ । त्यस्तै, माछापुच्छ«े बैंकबाट पैसा तिर्दा ५०० रूपैयाँसम्ममा १० प्रतिशत छुट पाउनेछन् । भदौ २० गतेदेखि यो छुट २६ गतेसम्म लागू हुनेछ ।
यसैगरी, सनराइज बैंकबाट सामान खरिद गरेमा ग्राहकले ३०० रूपैयाँसम्ममा २० प्रतिशत क्यासब्याक पाउनेछन् । यो छुट भने भदौ २५ गतेसम्म लागु हुनेछ ग्यापुको अपरेसन हेड सुरजनी केसीले बताइन् ।
फोनपेमार्फत भुक्तानी गर्दा २ सयको भौचर, एनआइसी एसियाको कार्डमार्फत भुक्तानी गर्दा २ सयको भौचर र ई–सेवाबाट भुक्तानी गर्दा २ सयको भौचर प्राप्त गर्न सकिनेछ ।
साथै, खल्तीमार्फत भुक्तानी गर्दा १० जनाले २ सयको टप अप प्राप्त गरिने बताइएको छ । विदेशमा रहेका ग्राहकले पनि ग्यापुमार्फत् नेपालमा भएका आफ्नो आफन्तलाई सप्राइज दिनको लागि उपहार अर्डर गर्न सक्नेछन् र ग्यापुले डेलिभरी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्