Logo

‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ विजेतालाई गाडी हस्तान्तरण

हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडवर्प स्किम ‘यसपालीको दसैं तिहार, वेलकम टु हुण्डाई परिवार’ योजनामा सहभागी ग्राहकहरूमध्येबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता श्यामप्रसाद पौडेल र हुण्डाई अउरा (एस) विजेता चेतनारायण सापकोटालाई गाडीको साँचो हस्तान्तरण गरेको छ ।
लक्की ड्र साउन ११ गरिएको थियो । कोभिड १९ को दोस्रो लहरको कारण सम्पूर्ण जनजीवन नै अस्तव्यस्त भएकाले गतवर्षको लक्की ड्र केही ढिला गरी भएको कम्पनीले जनाएको छ । यस्तै भदौ २४ गते बिहीबारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ पनि सार्वजनिक गरिएको छ ।
यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्किम पाउने जनाइएको छ । ‘हुण्डाई फेस्टिभ डिलाइट–२०७८’ योजनामा ग्राहकले गाडी किन्दा आकर्षक नगद छुट, स्क्र्याच कुपनबाट नगद जित्ने मौका, बम्पर उपहारमा एक जनालाई ‘अल न्यू हुण्डाई आई २०’ एक वर्षको बिमा, वार्षिक करलगायत धेरै किसिमका छुट पाउने जनाइएको छ ।
यस योजनामा गाडी किन्नेलाई हुन्डाईले आफ्ना सबै गाडीमा ३ वर्षको वारेन्टी, ४ वर्षको निःशुल्क सर्भिस सुविधा, निःशुल्क ओनरसिप ट्रान्सफर सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्