वल्र्डलिंकको उच्च क्षमताको इन्टरनेट «

वल्र्डलिंकको उच्च क्षमताको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसनले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वल्र्डलिंकले फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको बताएको छ ।
फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणाली बाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन् । घरभित्रको धेरै राउटरहरुलाइ नेटवर्किंङ गरी घरहरुमा भइरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाइफाइले गराउने छ । मेस वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो । यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन । ग्राहकहरुले घरभरी इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाई सार्न सक्ने कम्पनीको दावी छ ।
वल्र्डलिंकले मुलुकका ११ हजार भन्दाबढी स्थानमा वाईफाई हटस्पट बनाएर सर्वसाधारणलाइ निःशुल्क वायरलेस इन्टरनेट उपलब्ध गराइरहेको भन्दै कम्पनीले कर्णालीजस्ता दुर्गम स्थानमा समेत वायरलेस ब्रोडब्याण्ड टेक्नोलोजी सेवा पुर्याएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्