सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा विस्तार «

सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंकले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं.१५ सोकनाह बजारमा ८८ औं शाखारहित बैंकिङ सेवाको सुरुवात छ ।
साथै भदौ १३ गते आइतबार सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८९ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी सोकनाह बजारका जितेन्द्रकुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।
सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बताएको छ । बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएम र ८९ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्