८.७५% प्राइम डिबेन्चर नेप्सेमा सूचीकृत «

८.७५% प्राइम डिबेन्चर नेप्सेमा सूचीकृत

प्राइम कमर्सियल बैंंकले निष्काशन गरेको ८.७५ प्रतिशत प्राइम डिवेन्चर २०८५ ऋणपत्र एक हजार रुपैयाँ दरको दुई अर्ब ४४ करोड ७९ लदा ६३ हजार रुपैयाँ बराबरको २४ लाख ४७ हजार ९६३ थान डिवेन्चर नेपाल स्टक एक्सचेञ्जमा कारोकार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल र प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्