वालिङमा उद्यमशिलता प्रबद्र्धन केन्द्र स्थापना «

वालिङमा उद्यमशिलता प्रबद्र्धन केन्द्र स्थापना


स्याङ्जाको वालिङ नगरपालिकालाई उद्यमीको शहर बनाउने लक्ष्यसहित उद्यमशीलता, व्यवसाय प्रवद्र्धन तथा नवप्रवद्र्धन केन्द्र (ईबिक) को स्थापना गरिएको छ । वालिङ नगरपालिका परिसरमा स्थापना भएको सेन्टरले उद्यमी बन्न चाहेका तर उचित ज्ञान नभएका युवा तथा उद्यमीलाई सहयोग र सहजिकरण गर्ने बताइएको छ ।
युवा तथा विदेशबाट फर्किएर स्वदेशमै रहेर उद्यम गर्न चाहाने व्यक्तिको सहयोगी केन्द्रको रुपमा ईबिकको स्थापना गरिएको वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए । उद्यमी बन्न चाहने व्यक्तिको नविनतम सोच तथा विचारलाई व्यवसायीकरण गर्न आवश्यक सीप र ज्ञान प्रदानका लागि ईबिकले सहजीकरण गर्ने खाँणले बताए ।
केन्द्रले मेन्टर रोस्टर अर्थात विज्ञहरुको समूहमार्फत उद्यम गरिरहेका र गर्न चाहेका व्यक्तिलाई सहजीकरण र सहयोग गर्नेछ । व्यवसाय सुरु गर्नका लागि अपरिहार्य रहेको संस्था दर्ता प्रक्रिया नविकरण अडिटलगायका कार्यमा उद्यमीलाई कागजी प्रक्रिया पु¥याउन यसले महत्वपूर्ण सहयोग गर्नुका साथै उत्पादित वस्तुलाई सहज र व्यवस्थित रुपमा बजारसम्म पु¥याउने उपायको खोजीमा समेत सेन्टरले महत्वपूर्ण सहजीकरण गर्ने विश्वास खाँणले लिए ।
उद्यमी, सल्लाहकार समिति, व्यवसायी विज्ञ, लगानिकर्ता, वित्तीय सस्था, स्थानीय तह र सरोकारवाला संस्थाहरुको सञ्जालमार्फत नयाँ उद्यम तथा व्यवसाय प्रवद्र्धनका लागि इबिकले सहजिकरण गर्ने युएनडिपीका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले बताए । नगरपालिकाले लिएको उद्यमीको शहर बनाउने अभियानलाई युएनडिपीले साथ दिएको अर्यालको जानकारी दिए ।
युवाहरुलाई स्थानीय स्तरमै स्वोरोजगार हुने वातावरण सिर्जना गरेर युवाहरुको सामाजिक र आर्थिक स्तरमा सुधार ल्याउने यसको मुख्य उद्देश्य रहेको ईबिकको व्यवस्थापन गरिरहेको दियालो संस्थाकी अध्यक्ष कविता तिवारीले जानकारी दिइन् ।
परीक्षणका लागि गत वर्षदेखि सुरु गरिएको सेन्टरले १ हजार ३ सय जनालाई सहजीकरण गरिसकेको नगरपालिकाका परियोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिए । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को साझेदारीमा दियालो संस्थाले सञ्चालन गरिरहेको कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत नयाँ अभियानको रुपमा ईबिक सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्