३० किमि सडकका लागि १ अर्ब बढी बजेट «

३० किमि सडकका लागि १ अर्ब बढी बजेट

दाङ-घोराही उपमहानगरपालिकाभित्र ३० किमि सडक निर्माणकार्य सुरु भएको छ । सडक निर्माणका लागि १ अर्ब ५ करोड ४९ लाख ४५ हजार रुपैयाँ खर्च हुने भएको छ ।
सघन सहरी भवन निर्माण आयोजनाको संघन सहरी विकास कार्यक्रमअन्तर्गत यो रकम खर्च हुन लागेको हो । घोराही उपमहानगरपालिकाभित्र २९.८ किमि निर्माण हुन लागेका हो । निर्माण हुन थालेका सडक उपमहानगरपालिकाभित्र रहेका विभिन्न स्थानमा रहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार उपमहानगरपालिकाभित्र ३ वटा प्याकेजमार्फत सडक निर्माण हुन थालेका हुन् । प्याकेज १ अन्तर्गत १५ किमि र प्याकेज ३ अन्तर्गत १४.८ किमि सडक निर्माण हुन थालेको संघन सहरी भवन निर्माण आयोजनाका लेखा अधिकृत उदयराज भण्डारीले जानकारी दिए । उनका अुनसार अहिले निर्माण हुन थालेको सडकको प्याकेज १ का लागि ५२ करोड १० लाख र प्याकेज ३ का लागि ५३ करोड ३९ लाख ४५ हजार रुपैयाँ रहेको लेखा अधिकृत भण्डारीले जानकारी दिए । उपमहानगरपालिकाभित्र निर्माण हुन थालेको सडक निर्माण भएमा केही मात्रामा भए पनि नगरवासीले सहज रूपमा यातायात पाउने अपेक्षा गरिएको छ । अहिले नगरका सबै वडासम्म १२ महिना नै यातायात सञ्चालन हुने गरी सडक निर्माण भएका छैनन् । यसरी निर्माण हुन थालेको विभिन्न स्थानका सडक मिलाएर प्याकेज निर्माण गरिएको आयोजनाले जनाएको छ । प्याकेज २ अन्तर्गतका योजना प्रक्रियामा छन् । निर्माण हुन थालेका सडकको विस्तार, नाला निर्माण, कालोपत्रे गरिने लेखा अधिकृत भण्डारीले बताए । संघन सहरी विकास कार्यक्रमअन्तर्गत ४ जिल्लाका लागि ५१ करोड ४८ लाख ९४ हजार बजेट छ । आयोजनाले दाङ, प्युठान, रोल्पा र रुकुम पूर्व हेर्ने गरेको छ । यो आयोजना जिल्लामा यसै आवगबाट सुरु भएको हो । संघन सहरी विकास कार्यक्रमअन्तर्गत २६ वटा योजना छन् । सबैभन्दा बढी सडकका १४ वटा योजना छन् । अन्य शान्ति पार्क, सामुदायिक भवन, बसपार्क, रुकुमा कमल दहमा पाहुना घर निर्माण, कमल दहको पूर्वाधार क्षेत्र, रोप्पामा गुरुङ गाउँको सामुदायिक भवन निर्माण गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ ।
आयोजनामार्फत एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रमअन्तर्गत ४३ वटा योजना छन् । जसबाट स्वास्थ्यचौकी, स्वास्थ्यकर्मीको क्वाटर, अस्पाताल निर्माण हुने आयोजनाले जनाएको छ । रुकुममा स्वास्थ्यचौकी निर्माण सुरु हुनेछ भने अन्य क्रमागत योजना रहेको आयोजनाले जनाएको छ । त्यसैगरी भवन निर्माण संहिता सरकारी भवन निर्माणअन्तर्गत ८ वटा योजना छन् । जसमा रुकुममा मात्र एउटा नयाँ योजना छ भने अन्य सबै क्रमागत योजना छन् । यसका लागि १० करोड ४४ लाख बजेट छ । नया संरचनाअनुसार कार्यालय पनि नयाँ भएकाले केही समस्या भएको आयोजनाले जनाएको छ । केही जिल्ला बाहिरबाट जिल्लामा कागज पत्र ल्याउनु पर्ने र केही बाहिर पढाउनु पर्ने समस्या भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्