बिहीबारसम्म वर्षा हुने «

बिहीबारसम्म वर्षा हुने

हाल नेपालमा भारतको छत्तिसगढ र आसपास अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसतस्थान नजिक रहेको महाशाखाको तथ्यांक छ ।
बिहीबारसम्म नै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार बुधबारदेखि बागमती र गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भवाना छ ।
वर्षाका कारण पहाडमा पहिरो र तराईमा बाढीको खतरा रहेको मौसमविद्हरूले बताएका छन् । हाल नेपालमा भारतको छत्तिसगढ र आसपास अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसतस्थान नजिक रहेको महाशाखाको तथ्यांक छ ।
विपद् व्यवस्थापन विद् डा. धर्मराज उपैतीका अनुसार बुधबार र बिहीबार महाकाली, कर्णाली, र सेतीमा पानी बहाव बढ्ने र पहिरो आएर सडक अवरुद्ध हुन सक्छ । “मनसुनजन्य विपत्तीबाट भनजनको क्षति कम गर्न पूर्वतयारीका कार्यक्रमलाई प्रथामिकता दिनुपर्छ, कहाँ बाढी आउँदै छ भनेर पूर्वसूचना सर्वसाधारणले सहज रुपमा पाउनुपर्छ,” उनले भने ।
बाढी पहिरोका कारण हालसम्म १५ वटा सडक खण्ड दुवैतर्फ अवरुद्ध र १२६ वटा एकतर्फी रूपमा चालू भइरहेका छन् । १ साता यता पहिरोका कारण १८ जनाको ज्यान गएको छ । पहिरोका कारण ६, अत्यधिक वर्षाका कारण ४, चट्यानका कारण ४ जना गरी प्राकृतिक विपत्तीबाट ३२ जनाले ज्यान गुमाएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले बाढी तथा पहिरो पीडितलाई तत्काल राहत दिन निर्देशन दिएका छन् । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो)लाई तत्काल राहत वितरण गर्नका लागि निर्देशन दिएका हुन् ।
उनले बाढी, पहिरो र डुबानको क्षतिबारे बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई आवश्यक पर्ने रहत तत्काल उपलब्ध गर्न निर्देशन दिँदै उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिएका छन् ।

यस्तो छ तीनदिने मौसम पूर्वानुमान
२०७८ भाद्र २२ गते (मंगलबार )
रातीः देशभर सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ भाद्र २३ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७८ भाद्र २४ गते (बिहीबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (मभदचष्क ायिध) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्