ह्याण्डबल एकेडेमी निर्माण «

ह्याण्डबल एकेडेमी निर्माण

पोखरा रंगशालामा नेपालमै पहिलो पटक ह्याण्डबल एकेडेमी निर्माण भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाल ह्याण्डबल संघ, जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा करिब एक करोडको लागतमा एकेडेमी निर्माण गरिएको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।
नेपालमा हुने साफ गेम्सलाई लक्षित हुने गरी उक्त एकेडेमी निर्माण गरिएको अध्यक्ष गुरुङले बताए । एकेडेमीमा ह्याण्डबल मैदान, कार्यालयका लागि एउटा कोठा, सभाहल, महिला÷पुरुषको लागि चेन्जिङ रुम, स्टोर रुम, किचन रुम, ट्वाइलेट बाथरुम लगायतका संरचना निर्माण भएको गुरुङले बताए । उक्त एकेडेमी स्थापनाले पोखरामा ह्याण्डबल खेलको तल्लो स्तरबाटै विकास गराउन समेत थप मद्दत पुग्ने अध्यक्ष गुरुङले विश्वास लिएका छन् । विभिन्न विद्यालयहरुले समेत उक्त एकेडेमीमा आफ्ना विद्यार्थीहरुलाई अभ्यासको रुपमा तथा प्रतियोगिताको रुपमा सञ्चालन गर्न सकिने उनले जनाए । करिब १० रोपनी क्षेत्रफलमा रहेको उक्त एकेडेमी नेपालमै पहिलो बताइएको छ ।
ह्याण्डबल एकेडेमी निर्माण उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र बस्नेतले राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा निर्माण समितिको करिब १० प्रतिशत लागतमा उक्त एकेडेमी निर्माण भएको बताए । ४० बाई २० मिटरको ह्याण्डबल मैदानसहितको दुई लेनको प्यारापिट समेत निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्