मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा «

मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा

मेगा बैंक नेपालले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ । झापाको भद्रपुर नगरपालिका–८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि बैंकले एटीएम सेवा सञ्चालन गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे र बैंकका प्रदेश–१ प्रमुख विवेकबन्धु न्यौपानेले सो एटीएम बुथको उद्घाटन गरे । योसँगै बैंकले देशभर १ सय ३७ स्थानमा एटीएम सेवा विस्तार गरेको छ ।
स्थापनाको १२ वर्षमा आइपुग्दा मेगा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ३,२०० भन्दा बढी मेगा रेमिट सञ्जाल छन् ।

प्रतिक्रिया दिनुहोस्