चीनले लन्च गर्यो अमेरिकासम्म पुग्ने मिसाइल «

चीनले लन्च गर्यो अमेरिकासम्म पुग्ने मिसाइल

बेइजिङ-चीनले अमेरिकी क्षेत्रमा मार हान्न सक्ने अन्तर महाद्विपिय ब्यालेस्टिक मिसाइल लन्च गरेको फुटेज सार्वजनिक गरेको छ । यो मिसाइललाई गुवाम किलको नाम दिइएको एमएसएनले जनाएको छ ।
डोङफेङ–२६ अर्थात डीएफ–२६ ब्यालेस्टिक मिसाइलको रेन्ज १ हजार ८६४ देखि ३ हजार ५६७ माइल भएको साउथ चाइना मर्निङ पोस्टलाई उद्र्धृत गर्दै एमएसएनले जनाएको छ । यसको अर्थ प्रशान्त महासागरमा रहेको गुवाम टापुमा मुख्यभूमि चीनबाट आक्रमण गर्न सकिन्छ । हालैको सीसीटीभी फुटेजले मिसाइलको सफल लन्चले वासिङटनका नेतालाई सन्देश दिएको बताइएको छ ।
बेइजिङले आपूmले अमेरिकी रणनीतिक सम्पत्तिमा खतरा उत्पन्न गर्न सक्ने देखाउन खोजेको छ । क्यारियर र बेसलाई यो मिसाइलले खतरामा पार्न सक्ने अस्ट्रेलियामा रहेको म्याक्वायर युनिभर्सिटीका चीन अनुन्धानकर्मी अडाम नीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्