विश्वकै व्यस्त विमानस्थल बन्यो दुबई «

विश्वकै व्यस्त विमानस्थल बन्यो दुबई

दुबई-दुबई इन्टरनेसनल विमानस्थल विश्वकै व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल बनेको विमानस्थलले जनाएको छ । गत वर्ष यो विमानस्थलले ८.९ करोड यात्रीलाई स्वागत गरेको विमानस्थलले सोमबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
२०१७ मा उक्त विमानस्थलमा आउने यात्रीको संख्या ८.८ करोड थियो । यो विमानस्थलले २०१४ मा अन्तर्राष्ट्रिय यातायातको विश्वमा सर्वाधिक व्यस्थ हवाई अड्डाको उपाधीमा लन्डनको हिथ्रोलाई उछिनेको थियो ।
उक्त समयदेखिनै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो यो शाखलाई कायमै राख्न सफल हुदै आए को छ । यो विमानस्थलमा करिब ७५ एयरलायन्सले आफ्नो उडान सञ्चालन गर्दै आएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय कुल मिलाएर भने जर्जियाको हार्ट्सफिल्ड–ज्याक्सन अटलान्टा अन्तर्राष्ट्रिय विमनस्थल विश्वकै सर्वाधिक विमानस्थल बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्