ब्रेक्जिटले १० खर्ब डलर बेलायतबाट बाहिरिने «

ब्रेक्जिटले १० खर्ब डलर बेलायतबाट बाहिरिने

लन्डन-हालसम्म ब्रेक्जिटको टुंगो लागिसकेको छैन । तर, बेलायतको वित्तीय सेवा उद्योग धरासायी भइसकेको छ ।
ब्रेक्जिटकै कारण बैक र वित्तीय कम्पनीहरुले १० खर्ब डलरको सम्पत्ति देश बाहिर अर्थात् युरोपेली संघका मुलुकमा सारिसकेको सोमबार प्रकाशित ईवाइको प्रतिवेदनले देखाएको छ ।
ब्रेक्जिटपछिको क्षेत्रिय सञ्चालनको रक्षार्थ कतिपय बैंकहरुले युरोपेली संघका अन्य मुलुकमा नयाँ कार्यालय स्थापना गरेका छन् । ईयूको नियामकलाई सन्तुष्ट पार्नका लागि उनीहरुले महत्वपूर्ण सम्पत्ति पनि सार्नुपर्ने देखिन्छ ।
“हाम्रो संख्याले सार्वजनिक रुपमा घोषणा भएका कदमको मात्रै प्रतिनिधित्व गर्छ,” ईवाईका वित्तीय सेवाका प्रमुख ओमार अलीले बताए ।
बेलायतले केबल ८१ दिनको अवधिमा युरोपेली संघ छोड्ने मिती तय भएको छ । तर प्रधानमन्त्री टरिजा मेले बेलायतको संसदबाट युरोपेली संघबाट बेलायत छुट्टिने विषयको समर्थन पाउन बाँकिनै छ ।
यो सम्झौतामा संसदले आगामी साता सम्झौतामा मतदात गर्न बाँकिनै रहेको छ । यदी मे सम्झौता कायम गर्न असफल भएमा बेलायत सम्झौताबिना युरोपेली संघबाट छुट्टिनु पर्ने अवस्था आउछ ।
यस घटनाबाट सिर्जना हुने परिस्थितिको असर २००८ को वित्तीय संकटको भन्दा पनि भयानक हुने बैंक अफ इंग्ल्यान्डले जनाएको छ ।
वित्तीय संस्थाहरुका लागि सम्झौताबिनाको ब्रेक्जिट त्रासदीपूर्ण हुने छ ।
यद्यपि युरोपेली संघले भने आपूmले पूर्ण रुपको असर आउन नदिनका लागि केही कदमहरुलाई कार्यान्वयन गर्ने बताइसकेको छ । आपतकालिन योजना अल्पकालिन समाधान मात्रै हुने पनि ईयूले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्