विधानसम्मत् तरिकाले पार्टी चलाउन महामन्त्रीमा मेरो उम्मेदवारी : गगन «

विधानसम्मत् तरिकाले पार्टी चलाउन महामन्त्रीमा मेरो उम्मेदवारी : गगन

Photo: Naresh Shrestha/ THT

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेद्वारी दिएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता थापाले पार्टीको महामन्त्री बनेपछि ४ वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरुलाई अनसन बस्नुपर्ने स्थिती आउन नदिनको लागि महामन्त्रीमा उम्मेद्वारी दिएको बताएका हुन् ।
नेता थापाले पार्टीका आन्तरिक समस्याहरुलाई हल गर्न सके मात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, शहर बनाउँछु भनेर नपत्याउने बताए । नेता थापाले नयाँ कांग्रेस पुरानो दिनहरुलाई सम्झिएर बनाउनका लागि नौजवानको आवश्यक रहेको बताए ।
नेता थापाले ठूला ठूला कुरा नगरी ससानो काम पूरा गरेर देखाउने काम गर्नुपर्ने धारणा व्यक्त गरे । देशमा संविधानको शासनको पक्षमा उभिने कांग्रेस आफ्नो पार्टीभित्र पनि विधिको शासन स्थापित गरेर छोड्ने बताउँदै उनले ठूला नेताहरुले साथ दिएर पार्टीलाई अघि बढाउनु पर्ने बताए । अहिले नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा अपरिचित समितिले क्रियाशील सदस्यताको बारेमा गर्नै नहुने काम गरिरहेको बताए ।
नेता थापाले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जनालाई उत्तेजनामा ल्याउन र दुईचार वटा मत बिगार्नका लागि पशुपतिको ढोका दिनमा पाँच पटक समेत पुग्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्