निजामती कर्मचारीले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाए «

निजामती कर्मचारीले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाए

निजामती कर्मचारीहरूले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । सोमबार निजामती सेवा दिवस २०७८ को अवसर पारेर निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामती कर्मचारीहरूले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् । कर्मचारीहरूले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाब दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामति कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले जानकारी दिए । उनले पहिला सरकारले निजामति कर्मचारीहरूलाई भ्याक्सिन लगाउनुभन्दा कोहीले डराएर र कोहीले बाध्यतावस उपस्थिती जनाउन नसक्दा अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिनबाट वञ्चित भएको बताए ।
कार्यवाहक अध्यक्ष पोखरेलले भने, ‘निजामती कर्मचारी अरुलाई खोप लगाइदिने संयन्त्र हो, कोभिडको महामारीमा परेका जनतालाई व्यापक रुपमा खोप सञ्चालन गर्ने सरकारको योजना छ, सबैलाई खोप उपलब्ध गराउने प्रधानमन्त्रीको मुख्य उद्देश्य छ र त्यसको प्रमुख संयन्त्रको रुपमा रहेको निजामति प्रशासन भित्र रहेका कर्मचारीहरू, खासगरी फ्रन्टलाइनरको विषयमा सबैलाई भ्याक्सिन पुर्याउने लक्ष्य राखिएको छ, र हामी सबै ठाउँमा निजामति सेवा दिवस मुल समारोह समितिको बैठकमा मैले सबै कर्मचारीहरूलाई भ्याक्सिन उपलब्ध गराउनुपर्यो भनेर माग गरिसकेपछि यसमा सबैसचिव ज्यूहरूको सर्वसम्मत सहमतिमा आज निजामति सेवा दिवसको अवसर पारेर भ्याक्सिन लगाउनबाट वञ्चित भएका कर्मचारीहरूलाई उपत्यकामा सिंहदरवारमा भ्याक्सिन उपलब्ध गराउने र तल जिल्लाहरूमा पनि सिडिओ कार्यालयहरूमार्फत भ्याक्सिन लगाउन नपाएका कर्मचारीहरूलाई प्राथमिकता दिएर भ्याक्सिन लगाउन हाम्रो निर्देशन पनि छ, त्यसअन्तर्गत आज केन्द्रिय कार्यालयले केन्द्रिय सचिवालयमा भ्याक्सिन लगाउने कार्यक्रम गरेको छ, टेन्टीटिब्ली हामीले अनुमान गरेको, हामीलाई धेरै प्रेसर पनि आयो, एक हजार जति सिंहदरवार भित्रका कर्मचारीले भ्याक्सिन लगाएका छैनन् भन्ने कुरा छ, त्यो कस्ता मानिसले लगाएनन् भन्दा जसको भ्याक्सिनमा पहुँच भएन, कार्यालयमा छ भ्याक्सिन लगाउने ठाउँसम्म पुग्ने अवसर पाएनन्, कतिले डराएर पनि कर्मचारीले भ्याक्सिन लगाएनन् र आम मानिससँग गएर भ्याक्सिन लगाउने समय पनि नभएको हुनाले अहिले सबै साथीहरूलाई भ्याक्सिन लगाउने, छुट्नुभयो भने फेरि निजामति अस्पताल र प्रसूती गृहमा काठमाडौंको जनस्वास्थ्य कार्यालयबाट भ्याक्सिन लगाउने व्यवस्था गरिएको छ ।’
कार्यवाहक अध्यक्ष पोखरेलले पहिलो डोज नलगाएका निजामति कर्मचारीलाई पहिलो र पहिलो लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकाहरूलाई पनि भ्याक्सिन उपलब्ध गराएको बताउनुभयो । कोरोनाविरुद्धको भ्याक्सिन लगाउन बाँकी रहेका सबै निजामति कर्मचारीहरूले काठमाडौंमा सिंहदरवार र बाहिरी जिल्लाहरूमा सिडिओ कार्यालबाट लगाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्