इमान्दारिताका साथ काम गर्नुहोस् : मुख्यमन्त्री पौडेल «

इमान्दारिताका साथ काम गर्नुहोस् : मुख्यमन्त्री पौडेल

रामेछाप-प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधि र जिल्लामा कार्यरत सरकारी कार्यालयका कर्मचारीलाई इमादारिताका साथ काम गरी आआप्mनो कर्तब्य र दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् ।
उनले आफ्नो प्रदेशअन्तर्गत रहेका स्थानीय निकायले सडक निर्माणका लागि अत्यधिक मात्रामा बजेट खर्च गर्ने गरेको र त्यसमा पनि अधिकांश वडाध्यक्ष आफंैले डोजर लगाउने गरेको आरोप आइरहेकोले त्यस्ता क्रियाकलाप नगर्न नगारउन मन्त्री पौडेलले आग्रह गरे । उनले राजनैतिक नाराले मात्र समृद्धि नआउने बताउँदै त्यसका लागि सबैले आआप्mनो तर्फबाट बिना स्वार्थ काम गर्नुपर्ने कुरालाई जोड दिए । रामेछापको मन्थलीमा जिल्ला समन्वय समिति रामेछापद्वारा आयोजित स्थानीय तहका जनप्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया एवं जिल्ला प्रशासन कार्यालय रामेछपले आयोजना गरेको कार्यालय प्रमुख र पत्रकारसँगको भेटघाटका अवसरमा मुख्य मन्त्रीले सो कुरा बताएका हुन् ।
समृद्धिको बाटोमा लम्किएर मुलुकमा परिवर्तन गर्ने हो भने यतिबेला सबैको सहकार्य अपरिहार्य रहेको पौडेलले बताए । कर्मचारीहरूलाई समृद्धिका लागि मनदेखि काम गर्न उत्प्रेरित गर्दै उनले भने, “इगो साँचेर र राजनैतिक प्रभावमा देखाउँछु भनेर लाग्यो भने समस्या निम्तिन्छ । सरकारको पहिलो प्राथमिकता भनेको सुशासन कायम गराउने हो त्यसतर्फ कर्मचारी र स्थानीय जनप्रतिनिधि सचेत बन्न जरुरी छ ।” मन्त्री पौडेलले कर्मचारी र जननिर्वाचित प्रतिनिधिलाई मुलुकको समृद्धि र विकासका लागि इमान्दारिताका साथ कर्तव्यनिष्ठ भई जिम्मेवारी र दायित्व बोध गर्दै काम गर्न र त्यस किसिमको वातावरण तयार गरी लागि पर्न आग्रह गरेका छन् ।
उनले हरेक गाउँपालिकामा एएटा उद्योगग्राम, १५ बेडको अस्पताल प्राविधिक शिक्षालयजस्ता आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखी काम गर्न पनि जननिर्वाचित प्रतिनिधिलाई आग्रह गरे । उनले संक्रमणकाल अझै नसकिएको हुँदा स्थानीय तहका पदाधिकारीलाई काम गर्न असहज परिस्थिति भइरहेको भए पनि यस्ता चुनौतीलाई सामना गर्दै काम गर्नु नै जननिर्वाचित प्रतिनिधिको महानता भएको बताए । सो अवसरमा उत्पादनको योजना लिएर आउने जुनसुकै समूह वा ब्यक्तिलाई प्रदेशले करोडौ खर्च गर्नसक्ने भएकाले साना योजनाभन्दा पनि ठूला खालका उत्पादनमूलक योजना लिएर प्रदेशमा आउन पनि उनले अनुरोध गरेका थिए ।
उनले जहाँ जे सम्भावना छ त्यसकै लागि योजना बनाउन पनि अनुरोध गरे । उनले अबको ५ वर्षभित्र आप्mनो पालिकालाई कस्तो बनाउने भनि आवधिक योजना निर्माण गरेर काम गर्न समेत निर्देशन दिए । जिल्ला जिल्लाको सम्भाब्यता अध्ययन गर्दै मन्त्री पौडेल रामेछाप आइपुगेका हुन् । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।
रमेश ढुंगेल

 

प्रतिक्रिया दिनुहोस्